भिसा पाउनमा ढिलाईले क्रिकेटर सन्दिप लामिछानेको अमेरिका यात्रा अनिश्चित

भिसा पाउनमा ढिलाईले क्रिकेटर सन्दिप लामिछानेको अमेरिका यात्रा अनिश्चित


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १ कार्तिक २०८१
  • 5K
    Shares

सन्दीप लामिछाने

पोखरा,१ कार्तिक २०८१।

नेपाली टोलीले शुक्रबारदेखि आयोजक अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रीदेशीय टी-२० शृंखला खेल्दैछ। त्यसलगत्तै नेपालले सोही टोलीविरुद्ध आइसीसी लिग-२ को महत्त्वपूर्ण खेलहरू खेल्‍दैछ। नेपालले लिग २ अन्तर्गत कात्तिक ११ गते अमेरिकाविरुद्ध खेल्नेछ।

त्यही प्रतियोगितामा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेलाई काठमाण्डौस्थित अमेरिकी राजदुताबासले भिसा दिन ढिलाई गरिरहेको छ। जसकाकारण क्रिकेटर सन्दिप लामिछानेको अमेरिकामा हुने ती प्रतियोगितामा भाग लिने गरी सहभागी हुन् अमेरिका पुग्न अनिश्चित जस्तै हुँदै गएको छ।

नेपाल क्रिकेट संघ (क्यानका) प्रवक्ता छुम्बी लामा अमेरिकाले संदिप्लाई भिसा नदिनुको कुनै कारण नरहेको दाबी गर्छन। उनी भन्छन,”सन्दीपले केही दिनमा भिसा पाउछन र क्रिकेट खेल्न अमेरिका जान्छन। ”

यसअघि ८ खेल खेलिसकेको नेपालले एउटामात्र जित हात पारेको छ। एक खेल रद्द हुँदा नेपालले ६ खेलमा पराजित भएको छ। त्यसैले पनि अमेरिकामा हुने लिग २ का खेलहरू महत्त्वपूर्ण रहेको छ। तर, राष्ट्रिय टोलीका मुख्य लेग स्पिन लामिछानेले भिसाका कारण प्रतियोगिता गुमाउने परिस्थित बनेको छ।

अमेरिकी दूतावासले भिसा होल्ड गरेपछि क्रिकेट लामिछानेले भने दुःख व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमा ‘नियन्त्रणभन्दा बाहिरको परिस्थिति’ सिर्जना भएको उल्लेख गरेका छन्।

भिसा नपाएकै कारण लामिछाने क्यानडाबाट नेपाल फर्किएका थिए। क्यानडा र ओमानसँगको त्रीदेशीय शृंखलापछि नेपाली टोली उतैबाट अमेरिका गएका थिए। अमेरिकाको भिसा नभएपछि दसैं मनाउन भन्दै सन्दीप नेपाल फर्किएका थिए। उनले दस वर्षपछि बुबाको हातबाट टीका लगाएको उल्लेख गरेका छन्।

‘निधारमा आमा-बुबाको हातको यो टीका लगाउन म कति तड्पेको थिएँ त्यो मलाई मात्र थाहा छ। १० वर्षपछि आज यो पल फेरि फर्केर आएको छ। भगवानलाई धेरै धेरै धन्यवाद कि मेरा यी भगवानहरू सधैं मेरो साथमा हुनुहुन्छ,’ टीकापछि सन्दीपले सामाजिक सञ्जालमा लेखेका थिए।

यसअघि पनि सन्दीपले अमेरिकामा आयोजित टी-२० विश्वकपको खेल गुमाएका थिए। बलात्कार मुद्दाका अभियुक्त भन्दै अमेरिकी दूतावासले भिसा नदिएपछि सन्दीप गत जुनमा अमेरिका जान पाएका थिएनन्। उनले वेस्ट इन्डिजमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेल भने खेलेका थिए।

प्रतिक्रिया