भारतीय अलराउन्डर शिवम दुबे बंगलादेशसँगको टी-२० सिरिजबाट बाहिरिए

भारतीय अलराउन्डर शिवम दुबे बंगलादेशसँगको टी-२० सिरिजबाट बाहिरिए


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २० असोज २०८१
  • 7.4K
    Shares

पोखरा,२० असोज २०८१।

भारतका अलराउन्डर शिवम दुबे बंगलादेशसँगको टी–२० सिरिजबाट बाहिरिएका छन्।

बीसीसीआईले ढाडको चोटका कारण शिवम दुबे टी–२० सिरिजमा सहभागी नहुने बताएको छ।

उनको स्थानमा तिलक बर्मालाई टोलीमा समावेश गरिएको छ। आइतबार अर्थात् अक्टोबर ६ देखि भारत र बंगलादेश तीन खेलको टी–२० सिरिज खेल्दै छन्।

यसअघि भारतले टेस्ट सिरिज २–० ले जितेको थियो। टी–२० सिरिजका लागि भारतीय टोलीको कप्तानी सूर्यकुमार यादवले गरिरहेका छन्।

टोलीमा अलावा टोलीमा अभिषेक शर्मा, सञ्जु सैमसन, रिंकु सिंह, हार्दिक पाण्डेय, रायन पराग, नितिश कुमार रेड्डी, वासिङ्टन सुन्दर, रवि बिश्नोई, वरुण चक्रवर्ती, जितेश शर्मा, अर्शदीप सिंह, हर्षित रान, मयंक यादव र तिलक बर्मा छन्।

प्रतिक्रिया