डिएसपी नरहरी रेग्मीले भकुरे भन्दै प्रहरी हेटक्याटरमा कांग्रेस महाधिबेशन प्रतिनिधि लामाको उजुरी

डिएसपी नरहरी रेग्मीले भकुरे भन्दै प्रहरी हेटक्याटरमा कांग्रेस महाधिबेशन प्रतिनिधि लामाको उजुरी


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २८ बैशाख २०७३
  • 13K
    Shares

जनताको रक्षाको लागी खटिएका प्रहरी नै भक्षक भएपछि सिन्धुपाल्चोकका श्री लामा अहिले न्यायको खोजिमा छन् । व्यक्तिगत रिसिइवी साँधेर बौद्ध प्रहरीका तत्कालिन डिएसपी नरहरी रेग्मीको आदेशमा बृत्तका असई खेमानन्द पंगेनी र प्रहरी जवान भिम परियारले प्रहरी हिरासतमा रहदा कुटपिट गर्नुको साथै ज्यानमार्ने धम्कि दिएको भन्दै लामा अहिले न्यायको लागि भौतारिएका छन् ।

नेपाली कांग्रेस सिन्धुपाल्चाोकबाट महाधिवेशन प्रतिनिधि समेत रहेका लामाले न्याय माग्दै प्रहरी प्रधान कार्यालय र राष्ट्रिय मानव अधिकार आयोगमा डीएसपी रेग्मी र असाई पंगेनी र प्रहरी जवान परियारलाई कारवाहीको माग गर्दै गत चैतमा निवेदन दर्ता गराएका थिए । आफूले चिनेजानका व्यक्तिको आपसी झै झगडाको कारण बुझ्न बौद्ध प्रहरी पुगेका लामालाई असई पंगेनी र जवान परियारले “तँलाई यो बिषयमा बोल्ने अधिकार छैन” भन्दै अपशब्द प्रयोग गर्दै लगाएको कोट च्यात्ने गरी कुटपिट गरी वृत्त बाहिर निकालेको लामाको उजुरीमा उल्लेख छ । बाहिर निकालिएका लामाले भोलीपल्ट वृत्तका डिएसपी रेग्मीलाई फोन गरी घटनाबारे जानकारी दिन खोज्दा “तपाई एक छिन कार्यालयमै आउनु” भनेर अनुरोध गरेका थिए । वृत्त पुगेर डिएसपीको कार्याकक्षमा पुगी “नमस्कार सर “भन्नसाथ डिएसपीले गाली गलौज गर्दै कुटपिट गरी थुनामा राख्ने आदेश दिएको लामाको उजुरीमा उल्लेख छ ।

सार्वजनिक अपराधको मुद्दामा हिरासतमा लिएकोे लामालाई गैर कानूनी तरीकाबाट मार्ने आदेश छ भन्दै हात पछाडि लगेर हतकडी लगाई आँखामा पट्टि बाँधेर एक घण्टा भ्यानमा घुमाएका थिए । करिब एक घण्टा जति भ्यान घुमाएपछि पट्टि अलिकति खोलेर “तं कहाँ छस् हेर” भन्दै कंचटमा टच गराई पेस्तोल तेस्र्याएर भाग भन्दै कुटपिट गरेको प्रहरीमा र मानबअधिकार आयोगमा दर्ता भएको उजुरीमा उल्लेख छ । पेस्तोल तेस्र्याएर असई पंगेनीले ज्यान बचाउने भए दुई लाख पैसा देउ हामि मुद्दापनि चाँडै पेश गर्छौं भन्दै बाग्रेनिङ गरेको समेत उजुरीमा उल्लेख छ । असई पंगेनी र जवान परियार बौद्ध वृत्तका घुमुवा हुन् । डीएसपी रेग्मीको उडन्ते धन्दामा पंगेनीले सहयोग पु¥याउने गरेका थिए । हालका डिएसपी विपिन रेग्मीकोे घुमुवा पनि पंगेनी नै हुन् । सूचना संकलन गर्न सादा पोशाकमा घुमुवा प्रहरी परिचालन गर्ने नाममा प्रहरीका हाकिमले घुमुवा प्रहरीको दुरुप्रयोग गरी असुल्ने गरेको चर्चा प्रहरी भित्र छ । जन प्रहारबाट

प्रतिक्रिया