नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक तत्काल बोलाउन माग

नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक तत्काल बोलाउन माग


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ११ असार २०८०
  • 2.3K
    Shares

केन्द्रीय समिति बैठक माग गरेको नेपाली कांग्रेसको केन्द्रीय सदस्य मधु आचार्य

नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक तत्काल बोलाउन माग गर्दै केन्द्रीय सदस्य मधु आचार्यले सभापति शेरबहादुर देउवासमक्ष केन्द्रीय समिति बैठक आव्हानका लागि लिखित माग गरेका छन् ।

सोमबार केन्द्रीय कार्यालयमा दर्ता भएको आचार्यको पत्रमा चुनावको समीक्षा गर्न अहिलेसम्म बैठक नबसेको तथा कार्यकर्ताले उठाएका सयौं प्रश्नको जवाफ नदिइएको भन्दै विधानबमोजिम बैठक बोलाउन माग गरिएको छ । कांग्रेसको विधानमा प्रत्येक २ महिनामा कम्तिमा एकपटक केन्द्रीय कार्य समिति बैठक बस्ने उल्लेख छ ।

प्रतिक्रिया