क्रिकेटर सन्दिप लामिछानेबाट ‘पिडित’ भनिएकी किशोरीलाई उपचार खर्च भराउन दियो अदालतले आदेश

क्रिकेटर सन्दिप लामिछानेबाट ‘पिडित’ भनिएकी किशोरीलाई उपचार खर्च भराउन दियो अदालतले आदेश


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ११ असार २०८०
  • 1K
    Shares

जिल्ला अदालत काठमाडौं

जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दिप लामिछानेबाट वलात्कृत भएको भनिएकी ‘पिडित’ किशोरी गौशाला २६ लाई उपचार खर्च भराउन आदेश दिएको छ । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले पीडित राहत कोषबाट गौशाला २६ लाई अन्तरिम राहत स्वरुप उपचार खर्च दिन आदेश दिएको हो ।

पीडित किशोरीले शारीरिक र मानसिक स्वास्थ्यको उपचार गराउँदा करिव ७० हजार रुपैयाँ खर्च भएको भन्दै बिल पेश गरेकी थिइन् । अस्पतालका चिकित्सकको बकपत्र समेत गरेपछि अदालतले उपचार गर्दाको खर्च उपलब्ध गराउन आदेश दिएको हो ।

यसअघि थुनछेक मुद्दामा सर्वोच्च अदालतले जाहेरीकर्ता गौशाला २६ लाई पीडित राहत कोषबाट तत्काल अन्तरिम उपचार खर्च उपलब्ध गराउन आदेश दिएको थियो ।

पीडितका तर्फबाट कानून व्यवसायीले पटकपटक निवेदन दिँदा पनि यसअघि जिल्ला अदालतले क्षतिपूर्ति भराउने आदेश गर्न अस्वीकार गर्दै आएको थियो । तर सोमबार मुद्दा अन्तिम चरणमा पुगेको र बाँकी विषय निर्णयबाट नै ठहरे बमोजिम हुने भन्दै उपचार खर्च पीडित राहत कोषबाट दिन आदेश गरेको हो ।

आरोपित सन्दिप लामिछानेका कानून व्यवसायीहरुले भने उनलाई उपचार खर्च दिने निवेदनको प्रतिवादमा बहस गरेका थिए ।

प्रतिक्रिया