संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगम नाफामा गएको प्रचार झूटो रहेको स्वीकारेका छन्। प्रतिनिधिसभामा बजेटमाथि मन्त्रालयगत छलफलको क्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै यस्तो तथ्य स्वीकारेका हुन्।
मन्त्री किराँतीले भने, ‘यहाँ लाग्छ न्याय मर्दैन । ४८ अर्ब ऋण रहेछ । कसरी नाफामा गयो ? यो कुरा ढोंगी भएन ? मैले भने त म जन्मनुभन्दा अगाडि बढेको निगम हो । धमिजा र लाउडा कत्रो कत्रो काण्डहरु आए यहाँहरु सबैलाई थाहा छ ।’ निगमको अहिलेको अप्रेसन अवस्थामा नाफामा रहेको जिकिर गर्दै उनले त्यो बेलादेखिको ऋण ४ महिनामा कुनै चटके र सर्कसवाला आए पनि तिर्न नसक्ने बताए ।
मन्त्री किराँतीले नेपाल वायुसेवा निगमलाई ४८ अर्ब ऋण लगाउने धमिराबारे सबैलाई थाहा भएको बताउदै अख्तियारले सो ऋणबारे सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताए ।
उनको भनाइ जस्ताको तस्तै
कर्मचारीले मेरो कुरा नपत्याएर गुनासो गरेको होइन । जबरजस्ती सबैको सीमाभित्र सानासाना योजनाको पछि लागेर हिँड्ने स्थिति पनि थिएन । हुँदैन पनि रहेछ । ३३४ जनाको निवेदन हुन्छ । लाग्छ, निवेदन दिएपछि परिहाल्छ । १० वर्ष सांसद भएर जुत्ता फटाउने मै हो । सडकमा दश वर्ष जुत्ता फटाएको अनुभव छ । सम्झेर मन्त्रीले साध्य पनि हुँदैन नि ! अब ४८ अर्ब ऋण पार्ने धमिरा को हो ? यो देश र अख्तियारले खोज्नुपर्यो । कतिपय मुद्दाहरु अख्तियारमा छन् । मलाई लाग्छ, अख्तियारले उपयुक्त समयमा दूधको दूध पानीको पानी देखाएर छाड्ला ।
यो बुद्ध, पशुपति र सगरमाथाको देश हो । यहाँ लाग्छ न्याय मर्दैन । ४८ अर्ब ऋण रहेछ । कसरी नाफामा गयो ? यो कुरा ढोंगी भएन ? म जन्मनुभन्दा पहिले अगाडि बढेको निगम हो । धमिजा र लाउडा कत्रो कत्रो काण्डहरु आए, यहाँहरु सबैलाई थाहा छ । ११ प्रतिशत ऋणब्याज भार बोकेर आपत्तकालीन अवस्थामा कोरोना कालको ऋण एकैचोटी मुक्त हुन्छ त ? त्यसो भए सडक विभागले कति कमायो यहाँ प्रश्न गरेर हुन्छ त ?
यसको अर्थ त्यहाँ विकृति छैन भनेको होइन, भारी विकृति छ । त्यसलाई पन्छाउनु चाहिँ छ नै । दार्चुलामा गाडीको बाटो पुग्यो, सडक विभागलाई के नाफा भयो ? त्यहाँका जनताको आर्थिक रुपमान्तरण आयो कि आएन भन्ने कुरा मुख्य कुरा होला जस्तो लाग्छ । त्यो बेलामा ऋण अहिले ४ महिनामा कुनै चटके र सर्कसवाला आएर पनि हुनेवाला केही छैन । तर, जुन समयमा हामी आयौं, अप्रेसन समयमा नाफा छ । यसरी नै समय समयमा नाफा भएको भए डुब्दैनथ्यो नि त !