अध्ध्ययनका लागि दक्षिण कोरिया पुगेका एक जना नेपाली बिद्यार्थी वलात्कारको आरोपमा जेल चलान भएका छन्। सुदुरपश्चिम घर भएका खड्का थरका ती नेपाली युवाले संगै कलेज पढ्ने कोरियन केटी साथीलाई वलात्कार गरेको आरोप लागेपछि तीन वर्षका लागि जेल चलान भएका हुन्।
तीन वर्ष अघि मात्र बिद्यार्थी भिषामा कोरिया पुगेका ती नेपाली युवाले आफूसंगै पढ्ने कोरियन केटिसंग संगै बसेर बियर पिएपश्चात मातिएको अवस्थामा मोटेलमा गएर यौन सम्पर्क गरेको प्रमाणित भएपछि अदालतले उनलाई तीन बर्ष जेल सजाय सुनाएको छ । ती नेपाली युवाले आफूसंगै पढ्ने कोरियन केटिसंग संगै बसेर बियर पिएपश्चात मातिएको अवस्थामा मोटेलमा गएर यौन सम्पर्क गरेको सिसिटिभी फुटेजको आधारमा उनलाई अदालतले दोषी ठहर गरेको कोरियाको प्रहरीमा काररत मुक्त गुरुङले जानकारी गराए।
कोरियाको कानुन अनुसार मादक पदार्थ सेवन गरेर सहमतिमै यौन सम्पर्क गरे पनि महिलाले मुद्दा दर्ता गरेको खण्डमा बलात्कारको मुद्दा लाग्ने मुक्त गुरुङले बताए । उचित क्षतिपूर्ति दिएर कोरियामै बस्ने वातावरण दिलाउन प्रयास गरी पनि कोरियन युवतिले जेल हालेर स्वदेश फिर्ता गर्नेपर्ने अडान लिएपछी उनलाई जेल सजाय सुनाईएको छ । अब उनीलाई कोरियामा तीन वर्ष जेल बसे पछि नेपाल पठाईनेछ ।