कर्णाली प्रदेश मामिला समितिका सभापति कल्याणीको जीप दुर्घटना

कर्णाली प्रदेश मामिला समितिका सभापति कल्याणीको जीप दुर्घटना


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ९ असार २०८०
  • 2.9K
    Shares

कर्णाली प्रदेश मामिला समितिका सभापति कल्याणीको जीप दुर्घटना

रुकुम पश्चिमको चौरजहारी नगरपालिका-३ घारीपाखामा कर्णाली प्रदेश मामिला समितिका सभापति कल्याणी खड्का सवार जीप दुर्घटना भएको छ।

प्रदेश ०२-००१ झ ००४४ नम्बरको जीप दुर्घटनामा परेर सभापति खड्काको बाँया खुट्टामा चोट लागेको छ। उक्त दुर्घटनामा चौरजहारी–९ स्थित आधारभूत विद्यालय भुवाटाकुराका प्रधानाध्यापक सुगन्धा मल्ल, सभापति खड्काका स्वकीय सचिव हुकुम बिसी, चालक युवराज गिरी घाइते भएका छन्। उनीहरूको चौरजहारी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय चौरजहारीले जनाएको छ।

गाडीमा नौं जना सवार रहेकामा अन्य सबैको अवस्था सामान्य रहेको बताइएको छ। त्रिवेणी गाउँपालिकामा आईतबार हुने गाउँसभामा सहभागी हुन सभापति खड्का रुकुम पुगेकी थिइन्। गाडीको स्टेरिङ अकस्मात् घुमेपछि अनियन्त्रित भई पल्टिएको चालक गिरीले बताए।

प्रतिक्रिया