स्कुल जाँदै गरेकी बालिकालाई पोखरामा ट्याक्सीले जेब्राक्रसमा ठक्कर दिदा मृत्यु

स्कुल जाँदै गरेकी बालिकालाई पोखरामा ट्याक्सीले जेब्राक्रसमा ठक्कर दिदा मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ७ असार २०८०
  • 950
    Shares

पोखरा २५ हेमजा चाक्लेकुलास्थित जेब्राक्रस

पोखरामा खुशी हुँदै स्कुल जाँदै गरेकी एक बालिकालाई ट्याक्सीले जेब्राक्रसमा ठक्कर दिदा मृत्यु भएको छ। पोखरा महानगरपालिका वडा नम्बर २५ स्थित चाक्लेकुला नजिकै जेब्रक्रसमा बाटो काट्ने क्रममा बिद्यालय जादै गरेकी नौवर्षीय बालिका रेखा लाम्घालीको मृत्यु भएको हो।

बुधबार बिहान करीब पौने १० बजेको समयमा फेदीबाट हेम्जातर्फ आउदै गरेको ध१ज ९५२ नम्बरको ट्याक्सीले ठक्कर दिदा बालिकाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। अत्यधिक तीब्र गतिमा आएको उक्त ट्याक्सीले ठक्कर दिए पछि उपचारका लागि फिष्टेल हस्पिटल पोखरा ल्याउदै गर्दा ती बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया