सडक आयोजनाका उपसचिवसहित तीन जना घुस लिदालिदै झापाबाट पक्राउ

सडक आयोजनाका उपसचिवसहित तीन जना घुस लिदालिदै झापाबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ५ असार २०८०
  • 3.1K
    Shares

प्रहरी नै पक्राउ

सडक आयोजनाका एक जना उपसचिवसहित तीन जना घुस लिदालिदै झापाबाट पक्राउ परेका छन्। ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन एकाइ, दमक, झापाका आयोजना व्यवस्थापक (उपसचिवसरह) हुताराज चौहान, इन्जिनियर रवीन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेल घुस लिदालिदै झापाबाट पक्राउ परेका हुन्। उनीहरुलाई अख्तियारको केन्द्रीय कार्यालय टंगाल र इटहरी कार्यालयको संयुक्त टोलीले मङ्गलवार पक्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ।

सडक आयोजनाको काममा बिल भुक्तानी गरिदिएबापत चार लाख रुपैयाँ घुस लिदै गर्दा उनीहरुलाई रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया