चुडामणि शर्मासहित कर फर्छ्यौट आयोगका पदाधिकारीलाई नौवर्ष जेल, छ अर्ब जरिवाना

चुडामणि शर्मासहित कर फर्छ्यौट आयोगका पदाधिकारीलाई नौवर्ष जेल, छ अर्ब जरिवाना


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ५ असार २०८०
  • 4.3K
    Shares

कर फर्छ्योट आयोगका सदस्य सचिव एबम आन्तरिक राजस्व विभागका तत्कालिन महानिर्देशक चुडामणि शर्मा

विशेष अदालतले बहुचर्चित कर फर्छ्यौट आयोगको भ्रष्टाचार मुद्दामा हालसम्मकै सबैभन्दा बढी बिगो, जरिवाना र सजाय निर्धारण गरेको छ ।

अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महतलाई नौवर्ष एक महिना, सदस्य उमेश ढकाल र सदस्य सचिव आन्तरिक राजस्व विभागका तत्कालिन महानिर्देशक चुडामणि शर्मालाई नौवर्ष कैद सजाय हुने फैसला गरेको हो ।

विशेष अदालतले यसअघि नै उनीहरुमाथि छअर्ब १५ करोड ७० लाख ४६ हजार आठसय ४७ रुपैयाँ कुल बिगो कायम गरेको थियो । दामासाहीले भाग लगाउँदा हरेकले दुई अर्ब पांचकरोड ४६ लाख ९८ हजार नौसय ४९ रुपैयाँ बिगो तिर्नुपर्ने विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीले बताए ।

राजस्व चुहावटको मुद्दामा बिगोको दोब्बर सजाय हुने भएकाले उनीहरुले जनही चारअर्ब १० करोड ४६ लाख ९७ हजार आठसय ९८ रुपैयाँ जरिवाना तिर्नुपर्नेछ । बिगो र जरिवाना गरेर हरेकको भागमा छ अर्ब १६ करोड ४० लाख ९६ हजार आठ ४७ रुपैयाँ तिर्नुपर्नेछ ।

प्रतिक्रिया