चितवनको माडी नगरपालिकामा हुँदै नभएको वडा तोकेर सशर्त १० लाख रुपियाँ बजेट विनियोजन

चितवनको माडी नगरपालिकामा हुँदै नभएको वडा तोकेर सशर्त १० लाख रुपियाँ बजेट विनियोजन


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३२ जेष्ठ २०८०
  • 1.2K
    Shares

चितवनको माडी नगरपालिकाको कार्यालय

चितवन जिल्लाका तात्कालिन गर्दी, बघौडा, कल्याणपुर र अध्योध्यापुरी गाउँविकास समितिलाई विसं २०७१ मङ्सिर १६ गते समाहित गरेर नौ वटा वडा कायम गरी माडी नगरपालिका घोषणा गरिएको छ। तर संघीय सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा माडी नगरपालिकामा हुँदै नभएको वडा नं १० लाई तोकेर अर्थ मन्त्रालयले सर्शत अनुदानको १० लाख रुपियाँ बिनियोजन गरेको छ।

माडी नगरपालिकाकी नगर प्रमुख ताराकुमारी काजी महतोले आफ्नो नगरपालिकामा हुँदै नभएको वडा नम्बर १० तोकेर अर्थ मन्त्रालयले सर्शत अनुदानको बजेट पठाएको जानकारी दिइन्। नगरपालिकालाई दिइएको बजेट भएको भए आवश्यकताअनुसार खर्च गर्न सकिने भए पनि तोकेर नै पठाइएपछि के गर्ने भन्ने अन्योलमा परेको उनको भनाइ छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल स्यालोट्युवेल जडानका लागि बजेट विनियोजन भएको जानकारी दिए। नगरपालिकामा नयाँ जनप्रतिनिधि आएसँगै पहिलो कार्यपालिका बैठकले माडीको बाँदरझुलालाई वडा नं १० बनाउन सङ्घीय सरकारलाई सिफारिस गरेको छ। सङ्घीय सरकारले भने त्यससम्बन्धमा कुनै निर्णय गरेको छैन।

प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले ‘वडा सिफारिस गरिएक’ भए पनि निर्णय भै नसकेको अवस्थामा “अब यो बजेटलाई के गर्ने भन्ने विषयमा सङ्घीय सरकारसँग कार्यान्वयनका क्रममा समन्वय गरिने बताए। बजेट आएको भए पनि वडाको विषयमा आधिकारिक जानकारी नआएको उनको भनाइ छ।

प्रतिक्रिया