७० हजार घुससहित वडाअध्यक्ष र वडा सचिव पक्राउ

७० हजार घुससहित वडाअध्यक्ष र वडा सचिव पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३२ जेष्ठ २०८०
  • 1.6K
    Shares

घुस

धनुषाको नगराइन नगरपालिका वडा-२ का वडाध्यक्ष वुलन यादव र वडासचिव अमृत नारायण मिश्र घुससहित पक्राउ परेका छन् । सेवाग्राहीबाट रु ७० हजार घुस लिइसकेको अवस्थामा घुस रकमसहित नगराइन चोक धनुषाबाट उनीहरु पक्राउ परेका हुन् ।

वडाअध्यक्ष यादव र वडा सचिव मिश्रले सडक निर्माण कार्य सम्पन्न सिफारिस गरिदिएबापत सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले पक्राउ गरेको हो । त्यस सम्बन्धमा आबश्यक अनुसन्धान शुरु गरिएको अख्तियारले जानकारी दिएको छ। छ ।

प्रतिक्रिया