भारतीय भुमि हुँदै गाउपालिका बैठक बस्न दार्चुलाको ब्यास गाउपलिकाका पदाधिकारीहरु त्रिदेशीय नाका टिंकरमा पुगे

भारतीय भुमि हुँदै गाउपालिका बैठक बस्न दार्चुलाको ब्यास गाउपलिकाका पदाधिकारीहरु त्रिदेशीय नाका टिंकरमा पुगे


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २६ जेष्ठ २०८०
  • 3.8K
    Shares

दार्चुलाको व्याँस गाउँपालिका-१ को टिंकर

इतिहासमै पहिलोपटक नेपाल,भारत र चीनको सिमा नाका दार्चुलाको व्याँस गाउँपालिका-१ को टिंकरमा आज २० औँ गाउँ कार्यपालिका बैठक बस्दै छ। बैठकको लागि गाउँ कार्यपालिकाको पूरै टिम बिहीबार व्याँसको टिंकर पुगेको गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले जानकारी दिए।

टिंकर नाका खोल्न दबाब दिन तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरेर सम्भावनाको खोजी गर्न टिंकरमा कार्यपालिका बैठक बस्न लागेको गाउपालिका अध्यक्ष धामीले बताए।

त्रिदेशीय नाका रहेको व्याँसको वडा नम्बर १ भारत र चीनसँग सीमा जोडिएको छ। त्रिदेशीय नाका जोड्ने महाकाली करिडोरअन्तर्गत दार्चुला टिंकर सडकले गति लिएको छैन।

सरकारलाई त्रिदेशीय नाकामा बैठक बसालेर ध्यानाकर्षण गराउने उद्देश्यले बैठक टिंकरमा राख्नुपरेको उनले बताए। उनीहरू बैठक बस्न भारतीय बाटो हुँदै टिंकर पुगेका छन्। उनीहरूले छाङरुमा निर्माण गरिएको नेपालको नक्सा अंकित सीमास्तम्भको समेत अवलोकन गरेका छन्।

टोलीले कोभिड १९ सुरु भएपछि बन्द भएको टिंकर नाका खुलाउन राज्यको ध्यानाकर्षण गराउने भएका छन्। नेपाल–चीन सीमास्तम्भसम्म अवलोकन गर्नेसमेत कार्यक्रम तय गरिएको छ।

प्रतिक्रिया