जिसस स्याङ्जाको गाडी दुर्घटनाग्रस्त : चालकको मृत्यु, जिल्ला समन्वय अधिकारीसहित तीन जना घाइते

जिसस स्याङ्जाको गाडी दुर्घटनाग्रस्त : चालकको मृत्यु, जिल्ला समन्वय अधिकारीसहित तीन जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २५ जेष्ठ २०८०
  • 1K
    Shares

जिसस स्याङ्जाको दुर्घटनाग्रस्त गाडी

जिल्ला समन्वय समिति स्याङ्जाको गाडी बुधवार साँझ दुर्घटनाग्रस्त हुँदा चालकको मृत्यु भएको छ भने जिल्ला समन्वय अधिकारीसहित अन्य तीन जना घाइते भएका छन्।

पर्वतबाट सिरूबारी हुँदै स्याङ्जा आउँदै गरेको जिल्ला समन्वय समिति स्याङ्जाको बा. १ झ.५८७८ नम्बरको स्करपियो गाडी बुधबार बेलुकी करिब ६ बजे अर्जुनचौपारी गाउँपालिका-३ खोले भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जनाएको छ । स्करपियो सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले बताएको छ। गाडी दुर्घटना भएको जानकारी हुनासाथ् उद्धार गर्न प्रहरी चौकी अर्जुनचौपारीबाट उद्धार टोली खटिएको बताइएको छ ।

उक्त दुर्घटनामा सख्त घाइते भएका गाडी चालक वालिङ नगरपालिका-४ एलादीका अन्दाजी ३५ वर्षीय अमृत खनालको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको डीएसपी रवीन्द्र खनालले जानकारी दिए ।

सोही गाडीमा सवार समितिका समन्वय अधिकारी राजेन्द्रप्रसाद अधिकारी, अम्बिका पौडेल र टीकाराम पौडेल घाइते भएका छन् । अधिकारीको खुट्टा भाँचिएको छ भने पौडेलद्वय सामान्य घाइते छन् । स्करपियो सडकबाट करिब ५० मिटर तल खसेको थियो । घटनास्थलमा प्रहरी चौकी अर्जुनचौपारीबाट टोली खटिएको थियो ।

प्रतिक्रिया