बजेटमा घोषित बढोत्तरी हुने तलबको रकम नतोकिए पछि कास्कीका सामुदायिक विद्यालयमा कर्मचारीकाे लगातार धर्नामा

बजेटमा घोषित बढोत्तरी हुने तलबको रकम नतोकिए पछि कास्कीका सामुदायिक विद्यालयमा कर्मचारीकाे लगातार धर्नामा


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २४ जेष्ठ २०८०
  • 1K
    Shares

कास्कीमा सामुदायिक विद्यालयका कर्मचारीका धर्ना

नेपाल विद्यालय कर्मचारी परिषद्ले शिक्षा विकास तथा समन्वय इकाइमा लगातार धर्ना जारी राखेको छ । परिषद् कास्कीले पनि पोखराको बगरस्थित शिक्षा विकास तथा समन्वय इकाइमा गत २१ जेठदेखि धर्ना जारी राखेको हो । छ दिनसम्म चल्ने धर्ना बिहान १० देखि दिउँसो ४ बजेसम्म हुने गरेको छ ।

लामो समयदेखि सामुदायिक विद्यालयमा कार्यरत लेखापाल र कार्यालय सहयोगीलाई सरकारले गरेको विभेद र न्युन वेतनमा कार्यरत रहन बाध्य पारेपछि सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरु आन्दोलित भएका हुन् । संघीय सरकारको नीति तथा कार्यक्रमको बुँदा १२७ मा सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको सेवासुविधा लगायत विषयलाई सम्बोधन गरिने भनिए पनि बजेटमा सम्बोधन नगरेपछि आन्दोलित हुनुपरेको नेपाल विद्यालय कर्मचारी परिषद् कास्की अध्यक्ष तथा गण्डकी प्रदेश संयोजक हरिशचन्द्र बास्तोलाले बताए ।

नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयमको लेखापाल र कार्यालय सहयोगीको दरबन्दीबारे सम्बोधन गरिएकोमा बजेटले नसमेटेको बास्तोलाले बताए । माग सम्बोधन नभए काडमाडौं भद्रकालीमा चारदिने रिले अनसन बस्ने र असार २ देखि नेपालभरका सामुदायिक विद्यालय बन्द गर्ने चेतावनी छ । परिषद्ले गत १७ जेठमा प्रधानाध्यापकलाई तालाचाबी हस्तान्तरण गरी शिक्षा विकास तथा समन्वय इकाइमा ज्ञापनपत्र समेत बुझाइसकेकाे छ।

प्रतिक्रिया