५० हजार रुपैयाँ घुससहित सप्तरीबाट वडाध्यक्ष पक्राउ

५० हजार रुपैयाँ घुससहित सप्तरीबाट वडाध्यक्ष पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २३ जेष्ठ २०८०
  • 1.3K
    Shares

५० हजार रुपैयाँ घुससहित सप्तरीबाट एक जना वडाध्यक्ष पक्राउ परेका छन्। सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका- ५ का वडाध्यक्ष सब्दुल मिया ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको जनाएको छ ।

हिरावती आधारभूत विद्यालय बकधुवाको निर्माणाधीन भवनको निर्माण सम्पन्न भएको सिफारिसका लागि उक्त घुस मागिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया