यौन दुर्व्यवहारका आरोपी मदन राई चार लाख धरौटीमा रिहा

यौन दुर्व्यवहारका आरोपी मदन राई चार लाख धरौटीमा रिहा


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २३ जेष्ठ २०८०
  • 1.3K
    Shares

कृषि विज्ञ मदन राई

यौन दुर्व्यवहारको आरोपमा मुद्दा दायर भएका मदन राई ४ लाख धरौटीमा रिहा भएका छन्। जिल्ला अदालतमा खोटाङले थुनछेक बहसपछि धरौटीमा रिहा गरेको हो। कृषि विज्ञका रुपमा परिचित मदन राईविरुद्ध यौन दुर्व्यवहारको अभियोगमा जिल्ला अदालत खोटाङमा मुद्दा दायर भएको थियो।

राईले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ को उपदफा ३ (क) (ग) (ङ) अन्तरगतको कसुर गरेको आरोप छ। दोषि वा निर्दोष भन्ने टुंगो फैसलामा मात्रै हुनेछ। राईलाई वैशाख २९ गते जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेर अनुसन्धान गरेको थियो।

राईले सञ्चालन गरेको शुभद्रा मदन फाउण्डेसनमै अध्ययन गरेकी बालिकाले उनीविरुद्ध बालयौन दुरुपयोगको कसुरमा जाहेरी दिएकी थिइन्।

प्रतिक्रिया
सम्बन्धित समाचार