नेपाली नागरिकता लिएका नौ जना भारतीय जेल चलान

नेपाली नागरिकता लिएका नौ जना भारतीय जेल चलान


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २३ जेष्ठ २०८०
  • 1.1K
    Shares

पोखरा, २३ जेठ २०८०।

जन्मका आधारमा नेपाली नागरिकता लिएका भारतीयलाई नेपाली बंशजको नागरिकता दिन लागिएको भन्दै संसदमा चर्काचर्की परिरहेका बेला नेपाली नागरिकता लिएका नौ जना भारतीयलाइ अदालतले जेल पठाएको छ।

नेपाली नागरिकता लिएको आरोपमा पक्राउ परेका १० जना भारतीय नागरिकमध्ये नौ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत, सिराहा, रुपन्देही, बारा र पर्साले आदेश दिएपछि उनीहरु जेल गएका हुन् ।

पक्राउ परेका १० जनामध्ये भरतप्रसाद गुप्ताका छोरा राहुल गुप्तालाई भने २ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ । उनले २९ वैशाख २०७० मा वंशजको आधारमा नागरिकता लिएको खुलेको थियो । त्यसका आधारमा उनले १ मंसिर २०७१ मा पासपोर्ट समेत बनाएका थिए ।

उनका बुबा भरतप्रसाद गुप्ताले भने १७ चैत २०६३ मा जन्मका आधारमा नेपाली नागरिकता लिएका थिए ।

पक्राउ पर्ने अन्यमा ज्ञानमती देवी गुप्ता, गोपाल गुप्ता, रामसुन्दर गुप्ता, रामप्रसवेश गुप्ता, भरत गुप्ता, स्नेह लता गुप्ता, मिना देवी गुप्ता र राजेशकुमार गुप्ता छन् ।

अदालतको आदेशपछि एक जनाबाहेक सबैलाई पुर्पक्षका लागि कारागार चलान गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले बताए । प्रकरणमा भरत शाह कलवार, रोहितकुमार शाह, अनिलकुमार शाह र भोला भनिने सुनिल शाह कलवार अझै फरार छन् ।

‘जहाँबाट नागरिकता लिएका थिए, त्यहीँबाट मुद्दा चलाइएको थियो’, केसीले भने, ‘यसमा संलग्न अरुको खोजी भइरहेको छ ।’

प्रतिक्रिया