भरतपुरको मालिका फ्रेस हाउसबाट पांच बोरा सडेको मासु बरामद

भरतपुरको मालिका फ्रेस हाउसबाट पांच बोरा सडेको मासु बरामद


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २२ जेष्ठ २०८०
  • 2.6K
    Shares

चितवनको भरतपुर १० मालिका चोकस्थित मालिका फ्रेस हाउसबाट पांच बोरा सडेको मासु बरामद

चितवनको भरतपुर १० मालिका चोकमा रहेको मालिका फ्रेस हाउसबाट पांच बोरा सडेको मासु बरामद भएको छ। भरतपुर महानगरपालिकाको अनुगमन टोलीले अनुगमन गर्ने क्रममा उक्त फ्रेस हाउसबाट पांच बोरा सडेको मासु बरामद भएको हो ।

अनुगमनका क्रममा सडेको मासु भेटिएपछि भरतपुर–१० का वडाध्यक्ष परमेश्वर खनालको निर्देशनमा मालिका फ्रेस हाउस बन्द गराइएको छ भने सडेको अवस्थामा फेला परेको सबै मासुलाई खाल्डो खनेर पुरिएको भरतपुर महानगरपालिकाको कार्यालयले जानकारी दिइएको छ।

आगामी दिनमा जनस्वास्थ्यमा ख्याल गरेर पसल सञ्चालन गर्न उक्त फ्रेस हाउसका सञ्चालक दिनेश तिमिल्सिनालाई महानगरले चेतावनी दिएको छ । तिमिल्सिनाले खान मिल्ने नमिल्ने मासु एकैठाउमा राखेको स्वीकार गरेका छन्।

भरतपुर महानगरपालिकाका पशु चिकित्सक डा दिपेश केसीले मानव स्वास्थ्यमा गम्भीर लापरबाही गरेको बताए । भरतपुर महानगरपालिकाले निरन्तर रुपमा भरतपुरका विभिन्न पसलहरुको अनुगमन गरिरहेको छ । स्वास्थ्य मापदण्ड पालना नगर्ने पसलहरुलाई धमाधम कारवाही समेत गरिएको छ ।

प्रतिक्रिया