प्रधानमन्त्री प्रचण्ड पुग्नुअघि नै भत्कियो महाकालेश्वर मूल प्रवेशद्वार

प्रधानमन्त्री प्रचण्ड पुग्नुअघि नै भत्कियो महाकालेश्वर मूल प्रवेशद्वार


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १९ जेष्ठ २०८०
  • 1.9K
    Shares

प्रधानमन्त्री दाहाल पुग्नुअघि भत्किएको महाकालेश्वर मूल प्रवेशद्वार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मध्यप्रदेशको उज्जैनस्थित प्रसिद्ध महाकालेश्वर मन्दिरको दर्शन गर्न आउनुभन्दा एक दिनअघि ‘श्री महाकाल लोक’ करिडोरको मुख्य प्रवेशद्वार भत्किएकाे छ । पिलरको माथिल्लो भागमा सिमेन्टले बनेको सजावटी भाग खसेको हाे ।

चार दिनअघि पनि हावाहुरीका कारण ‘श्री महाकाल लोक’ करिडोरका ६ वटा मूर्ति ध्वस्त भएका थिए । यसरी टुटेका मूर्तिहरू त्यहाँ स्थापित सात ऋषिहरू ६ वटा थिए, जुन लगभग ११ फिट उचाईका थिए ।

एबिपी लाइभका अनुसार हिजाे मुख्य प्रवेशद्वार भत्किदा त्यहाँ उपस्थित भक्तजनमा त्रास फैलिएको थियो तर सो घटनामा कुनै मानवीय क्षति भने भएको छैन । मुख्य प्रवेशद्धारको छत टुटेको घटना’bout सोध्दा महानगरका प्रहरी उपरीक्षक ओमप्रकाश मिश्रले भने, ‘कुनै मानवीय क्षति भने भएको छैन । भगवानलाई धन्यवाद, आज (बिहिवार) बेलुका कुनै पनि अप्रिय घटना भएन।’

महाकाल लोक करिडोरको मुख्य प्रवेशद्वार नन्दीद्वारमा उक्त घटना भएको हो । नेपालका प्रधानमन्त्री प्रचण्डले आज उक्त मन्दिर दर्शन गरेका छन्। उज्जैनमा अवस्थित महाकालेश्वर मन्दिर देशका १२ ज्योतिर्लिङ्ग मध्ये एक हो। यहाँ देश तथा विदेशबाट ठूलो संख्यामा भक्तजन जाने गर्दछन् ।

प्रतिक्रिया