पोखरामा मोटरसाइकल चोरी कार्यमा बालबालिका प्रयोग : चोरीका मोटरसाइकल सहित तीन बालबालिका पक्राउ

पोखरामा मोटरसाइकल चोरी कार्यमा बालबालिका प्रयोग : चोरीका मोटरसाइकल सहित तीन बालबालिका पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १९ जेष्ठ २०८०
  • 1.2K
    Shares

पोखराबाट चोरी भएका तीन वटा मोटरसाइकल

पोखराबाट मोटरसाईकल चोरी गर्ने कार्यमा संलग्न तीन जना किशोरहरु पक्राउ परेका छन्। पक्राउ परेका तीनै जना किशोर १८ वर्ष मुनिका बालबालिका भएका कारण प्रहरीले नाम सार्वजनिक गरेको छैन।

उनीहरुलाई प्रहरीले पोखरा महानगरपालिका वडा नं.३३ स्थित बागमारा-कालिका भित्री सडक खण्डबाट बिहिबार बिहान अन्दाजी साढे चार बजे पक्राउ गरेको हो। पक्राउ परेका तीनै जना बालबालिका बिरुद्ध प्रहरीले कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

गएको बुधबार रातीको समयमा पोखरा २९ गगनगौंडाबाट ग ९ प ७४२५, ग ९ प २६३० र ग १६ प ९००६ नंम्बरको सुपर स्पिलिण्डर मोटरसाइकल चोरी भएको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा भोलिपल्ट बिहान जिल्ला बाहिर लैजादै गर्दा पोखरा ३३ बागमारा-कालिका भित्री सडक खण्डबाट पक्राउ गरिएको प्रहरीले दाबी गरेको छ।

प्रतिक्रिया