प्रचण्ड र मोदीबीच ईपीजी रिपोर्टबारे कुरै भएन : भारतीय विदेश सचिव

प्रचण्ड र मोदीबीच ईपीजी रिपोर्टबारे कुरै भएन : भारतीय विदेश सचिव


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १८ जेष्ठ २०८०
  • 1.2K
    Shares

बिनय मोहन क्वात्रा

नेपाल र भारतका प्रधानमन्त्रीबीच हैदरबाद हाउसमा भएको भेटमा नेपाल भारत प्रवुद्ध व्यक्ति समूहको (ईपीजी) रिपोर्टबारे कुराकानी नभएको भारतीय विदेश सचिवले बताएका छन् ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदबीच हैदराबाद हाउसमा वान अन वान कुराकानी भएको थियो । साथै प्रतिनिधिमण्डल स्तरमा पनि वार्ता भएको थियो ।

त्यसपछि दुई देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गरे, जहाँ सात सहमति तथा सम्झौता आदान प्रदान भएको छ ।

तर संयुक्त पत्रकार सम्मेलनमा दुबै प्रधानमन्त्रीले ईपीजीबारे बोलेनन् । भेटपछि भारतीय विदेश मन्त्रालयमा गरेको पत्रकार सम्मेलनमा सचिव विनयमोहन क्वात्रालाई ईपीजी रिपोर्टबारे कुराकानी भयो भनेर पत्रकारहरुले प्रश्न गरेका थिए ।

जवाफमा उनले आफूले थाहा पाएसम्म वान अन वान र प्रतिनिधिमण्डल स्तरको कुराकानीमा ईपीजीसँगै अग्निपथ योजनाबारे कुराकानी नभएको बताए ।

नेपाल भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) ले सहमतिमा तयार पारेको रिपोर्ट पहिले भारतीय प्रधानमन्त्रीले बुझ्ने र त्यसपछि नेपालका प्रधानमन्त्रीले बुझ्ने सहमति छ । तर भारतीय प्रधानमन्त्रीले ईपीजी प्रतिवेदन अहिलेसम्म बुझेका छैनन् ।

प्रतिक्रिया