लमजुङ कारागारबाट दुईजना कैदीबन्दी पर्खाल नाघेर फरार

लमजुङ कारागारबाट दुईजना कैदीबन्दी पर्खाल नाघेर फरार


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १८ जेष्ठ २०८०
  • 2.9K
    Shares

लमजुङ कारागारबाट दुईजना कैदीबन्दी पर्खाल नाघेर फरार

जिल्ला कारागार लमजुङबाट दुईजना कैदी बन्दी फरार भएका छन् ।

बिहीबार बिहान साँढे १ बजे कारागारको पर्खाल नागेर कैदीबन्दी फरार भएका हुन् ।
फरार हुनेमा लमजुङ मध्यनेपाल नगरपालिका वडा नं. ४ दुईपिप्लेका २७ वर्षका विष्णु विक र गोरखाको चुम्नुव्री गाउँपालिका वडा नं. ३ घट्टेखोला घर भइ पोखरा महानगरपालिका- १६ बस्ने ३७ वर्षका चन्द्रबहादुर गुरूङ रहेका छन् ।

विक २०७९ साउन २४ गते जवरजस्ती करणी मुद्दामा र गुरूङ २०८० बैशाख ३१ गते ठगी मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

रातको समयमा पर्खाल नागेर भागेका कैदीबन्दीको खोजीकार्य तीव्र बनाइएको सुचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।

बेसीसहर नगरपालिका वडा नं. ८ शेरामा रहेको कारागारबाट फरार भएका कैदीबन्दीको खोजीकार्यमा प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश श्रीमलको कमाण्डमा प्रहरी खटिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार