प्रधानमन्त्री प्रचण्डलाई भारतमा घोर अपमान : हतारोमा गरिदैछ यस्ता गम्भीर रास्ट्रघात

प्रधानमन्त्री प्रचण्डलाई भारतमा घोर अपमान : हतारोमा गरिदैछ यस्ता गम्भीर रास्ट्रघात


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १८ जेष्ठ २०८०
  • 2.1K
    Shares

प्रधानमन्त्री प्रचण्डलाइ भारतमा स्वागत गर्दै भारतीय विदेश राज्‍यमन्त्री मिनाक्षी लेखी

भगवान गौतम बुद्धको जन्मस्थल कपिलवस्तु र लुम्बिनीलाई आफ्नो नयाँ नक्शामा समावेश गारेको भारतलाई खुशी बनाउन नेपाली नागरिकताधारी भारतीयहरुलाई बंशजको नागरिकता दिने गरी नागरिकता सम्बन्धि कानून संशोधन गरिदिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतले घोर अपमान गरेको छ। आफ्नो चार दिने भारत भ्रमणमा निकिएका प्रचण्डलाई नयाँ दिल्लीथित इन्दिरा गान्धी अन्तरराष्ट्रिय बिमानस्थलमा भारत सरकारको विदेश राज्‍यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छिन् । एउटा सार्वभौम मुलुकको प्रधानमन्त्रीलाई राज्यमन्त्रीले वागत गरिनुलाई नेपाल र नेपाली जनता अनि प्रधानमन्त्री प्रचण्ड समेतको घोर अपमानका रुपमा लिएको कुटनीतिक जानकारहरुले बताएका छन्।

प्रधानमन्त्री प्रचण्डलाइ स्वागत गर्न भारतीय विदेश राज्‍यमन्त्री मिनाक्षी लेखीलाई पठाएको भारतले प्रचण्डको घोर अपमान त गरेको थियो नै, समाचार संकलनका लागि त्यहाँ पुगेका नेपाली पत्रकारहरुलाई दुर्ब्यबहार गरिएको थियो। त्यहाँ नेपाली पत्रकारलाई समाचार संकलन गर्न अवरोध त गरिएको थियो नै, सुरक्षाकर्मी समेतले दुर्ब्यबहार गरेका थिए।

यसैबीच प्राप्त जनाकारी अनुसार, घोर अपमानका बीच प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदिबिक्क्ष आज दुईपक्षीय वार्ता हुदैछ। आज बिहान ११ बजे हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ताको कार्यसूची तय भएकोछ । कार्यसूची अनुसार दुई समकक्षीबीच आधा घण्टा भेटवार्ता हुनेछ । त्यसपछि प्रतिनिधिमण्डल स्तरको बैठकमा प्रचण्ड र मोदी सहभागी हुनेछन् । प्रतिनिधिमण्डल स्तरको बैठकपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् ।

यस अघि बुधबार साँझ नै प्रधानमान्त्री प्रचण्डले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटवार्ता गरेका छन् । बुधबार दिल्लीस्थित होटल आईटीसी मौर्यामा प्रचण्ड र डोभलबीच भेटवार्ता भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । भेटमा भारतीय विदेश सचिव विनयमोहन क्वात्रासमेत सहभागी रहेका थिए ।

घोर अपमानका बाबजुद प्रधानन्त्री प्रचण्डले फुकोट-कर्णाली अर्ध जलाशययुक्त जलविद्युत आयोजनाको बहुमत सेयर भारतीय कम्पनीलाई दिने गरी समझदारी गर्न लागेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपाल सरकारको स्वामित्व रहेको विद्युत उत्पादन कम्पनीसँग रहेको कम्पनीको सेयरको ५१ प्रतिशत सेयर भारत सरकार स्वामित्वको एनएचपीसी इन्डिया लिमिटेडलाई दिने गरी समझदारीपत्र (एमओयू)मा हस्ताक्षर हुन लागेको हो ।

ऊर्जा सचिव दिनेशकुमार घिमिरे अध्यक्ष रहेको विद्युत उत्पादन कम्पनीको सञ्चालक समितिले यसअघि नै भारत सरकार स्वामित्वको एनएचपीसी इण्डिया लिमिटेडलाई ५१ प्रतिशत सेयर दिएर संयुक्त कम्पनी बनाउने गरी समझदारीपत्रको मस्यौदा स्वीकृत गरेको थियो । यो एमओयू मन्त्रिपरिषद् बैठकले समेत पारित गरिसकेको छ ।

त्यस्तै, भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले बिहीबार भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेलवे सेवाको उद्घाटन गर्दैछन्।

रेल विभागका प्रवक्ता इन्जिनियर अमन चित्रकारका अनुसार बिहीबार दिल्लीबाट दुई देशका प्रधानमन्त्रीले झण्डा देखाएर रेलवे र कार्गो रेल उद्घाटन गर्नेछन्। प्रचण्ड र मोदीले झण्डा देखाएपछि बथनाहाबाट भारतीय पक्षले कार्गो रेललाई बिदाइ गर्ने र बुधनगरमा नेपाली पक्षले स्वागत गर्नेछ।

विराटनगरको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) सम्म आइपुग्ने मालवाहक रेलले आरती स्ट्रिप्स, स्वस्तिक रोलिङ, हुलास वायर र प्रिमियर स्टिल उद्योगको कच्चा सामग्री ल्याउनेछ ।

पूर्वका व्यवसायीले सीमावर्ती बथनाहादेखि विराटनगरको आईसीपीसम्म आइपुगेको रेलमार्गलाई कार्गो ढुवानीका लागि खुला गर्न लामो समयदेखि माग गर्दै आएका थिए ।

भारतको बथनाहाबाट विराटनगरको आईसीपी रेलवे स्टेसनसम्म बिछ्याइएको ८ किलोमिटर रेलमार्गमा २०७५ कात्तिक ८ गते रेल सञ्चालनका लागि परीक्षण भएको थियो। उद्घाटन गर्ने भएपछि बुधबार पनि परीक्षण गरिएको थियो ।

उद्घाटनपछि भारतको बनथाहादेखि विराटनगरको बुधनगरसम्मको ८ किलोमिटर दूरीमा कार्गो रेल नियमित सञ्चालन हुनेछ। यात्रुवाहक रेल सेवा भने कटहरीसम्म रेलमार्ग निर्माण भएपछि मात्रै सञ्चालन हुनेछ।

भारतको बथनाहादेखि विराटनगर हुँदै कटहरीसम्म १८.१ किलोमिटर रेलवेको निर्माण सन् २०११ मा सुरु भएको थियो। जसमध्ये बथनाहबाट बुधनगरसम्म ८ किलोमिटर मात्रै निर्माण भएको छ।बाँकी ८ किलोमिटरमा संरचना तयार भइरहेको छ। करिब साढे २ किलोमिटर क्षेत्रमा जग्गा अधिग्रहणसम्बन्धी विवादका कारण काम हुनसकेको छैन।

बथनाहादेखि बुधनगरसम्म (भारततर्फ ५ र नेपालतर्फ ३ किलोमिटर) रेलमार्ग निर्माण भने चार वर्षअघि नै पूरा भएको थियो। दुई प्रधानमन्त्रीले रेलवेको उद्घाटन गरे पनि १० किलोमिटर क्षेत्रको काम कहिले सकिन्छ टुंगो छैन। विभागका प्रवक्ता चित्रकारका अनुसार जग्गा प्राप्ति विवादका कारण कटहरीको हुलाकी राजमार्गबाट उत्तर.तर्फको काम अघि बढेको छैन।

भारतीय पक्षको आर्थिक र प्राविधिक सहयोगमा सन् २०११ मा सम्झौता गरी निर्माण सुरु भएको रेल परियोजनाको सम्पन्न गर्ने समय भने नतोकिएको उनले बताए। ‘प्रोजेक्टमा निर्माण अवधि हुन्छ, तर रेलवेमा तोकिएको छैन’ उनले भने, ‘आर्थिक र प्राविधिक पक्ष भारतीय पक्षले हेर्छ।’

भारतको बथनाहाबाट विराटनगर-हुँदै कटहरी गाउँपालिका-१ महेशपुरमा अन्तिम स्टेशन निर्माण गर्ने योजना छ। तर मुआब्जा विवादले निर्माण अन्योलमा परेको छ।

भारततर्फ पाँच र नेपालतर्फ १३ गरी रेलवेको लम्बाई १८.१ किलोमिटर छ। नेपालतर्फ रेलवे परियोजनाका लागि ११९.८ विघा जग्गा अधिग्रहण गर्नुपर्नेछ। जसमध्ये २१ विघा जग्गा अधिग्रहण २०७० सालदेखि रोकिएको छ । जग्गाको मुआब्जा दररेटमा चित्त नबुझाएर जग्गाधनीले हालेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको यो मुद्दा हेरिरहेका अधिवक्ता भक्तिनाथ माझीले बताए।

परियोजना निर्माणको ठेक्का ३ अर्ब ७३ करोड भारतीय रुपैयाँमा इरकोन नामक भारतीय कम्पनीले लिएको थियो। आर्थिक र प्राविधिक लगानी भारतको भएकाले नेपाल पक्षले लगानीको विषयमा बताएको छैन।

प्रतिक्रिया