गण्डकी प्रदेश सरकारबाट आन्तरिक मामिला मन्त्रालय गायब बनाइएको पूर्व मुख्यमन्त्री खगराज अधिकारीको आरोप

गण्डकी प्रदेश सरकारबाट आन्तरिक मामिला मन्त्रालय गायब बनाइएको पूर्व मुख्यमन्त्री खगराज अधिकारीको आरोप


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १६ जेष्ठ २०८०
  • 1.8K
    Shares

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी

गण्डकीका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले संघीयताको मर्मविपरीत वर्तमान सत्ता गठबन्धनले आन्तरिक मामिला मन्त्रालय गायब बनाएको आरोप लगाएका छन् । नेपाल निजामती कर्मचारी कर्मचारी संगठन कास्कीले प्रकाशन गरेको कर्मचारी स्मारिका राष्ट्रसेवक २०८० को बिमोचन गर्दै निवर्तमान मुख्यमन्त्री एबम एमाले नेता अधिकारीले त्यस्तो आरोप लगाएका हुन्।

‘अहिलेको सत्ता गठबन्धनले आन्तरिक मामिला मन्त्रालय गायब बनाएको’ आरोप लगाउदै उनले भने, ‘आन्तरिक मामिला मन्त्रालय संघीयता कार्यान्वयनको मुल मन्त्रालय हो। मन्त्रालय नभएपछि शान्ति, सुरक्षा, नेपाल प्रहरीको समायोजन लगायतका काममा असर पर्छ ।’ यसरी मार्मिक तथा संवेदनशील ठाउँमा प्रहार गरेपछि संघीयता बलियो नहुने उनले तर्क गरे ।

नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष कोइरालाले ३ तहका कर्मचारीलाई समेट्ने गरी संघीय निजमाती ऐन जारी गर्न माग गरे । ऐन जारी गर्नका लागि सञ्चालित आन्दोलनबाट केही संगठनपछि हटे पनि संगठनको आन्दोलन जारी रहेको उनले बताए । कोइरालाले संगठनले आन्दोलनसँगै वार्ता सम्बादलाई जारी राख्ने बताए ।

उनले ७ सय ५३ पालिकामा संगठन विस्तार गरी ४० हजार सदस्यलाई प्रशिक्षण दिने उल्लेख गरे । अध्यक्ष कोइरालाले फरक फरक १ सय २४ प्रकाशनसहित केन्द्रमा पुस्तकालय स्थापना गर्न लागेको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार