उच्चस्तरीय अनुगमन जाँदा निर्माण मजदूरको भागाभाग : पोखरा महानगरको जग्गा वर्गीकरण सम्बन्धि गलत निर्णयकाकारण फेवातालको सिमसार ब्यापक मात्रामा पुरिन थालेको निष्कर्ष

उच्चस्तरीय अनुगमन जाँदा निर्माण मजदूरको भागाभाग : पोखरा महानगरको जग्गा वर्गीकरण सम्बन्धि गलत निर्णयकाकारण फेवातालको सिमसार ब्यापक मात्रामा पुरिन थालेको निष्कर्ष


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १५ जेष्ठ २०८०
  • 1.4K
    Shares

पुर्दै गरेको फेवातालको सिमसार क्षेत्र हेर्दै पोखरा महानगरका मेयर धनराज आचार्य

कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको नेतृत्वमा आइतबार गएको एक उच्च्चस्तरीय अनुगमन समितिले फेवातालको सिमसार क्षेत्र ब्यापक मात्रामा पुर्ने काम भैरहेको निष्कर्ष निकालेको छ। फेवातालको सिमसार क्षेत्र ब्यापक मात्रामा पुरिनुमा पोखरा महानगरपालिकाले गरेको गलत जग्गा वार्गीकरण सम्बन्धि निर्णय नै प्रमुख रहेको उक्त उच्चस्तरीय अनुगमन समितिले ठहर गरेको छ।

उक्त उच्चस्तरीय अनुगमनमा सहभागी जिल्ला समन्वय समिति कास्कीका संयोजक लिलाधर पौडेलले फेवातालको सिमसार क्षेत्र ब्यापक मात्रामा अतिक्रमण गरी पुर्ने काम भएको फिल्ड अनुगमन गर्दा देखिएको जानकारी दिए। उनले अघि भने, “फेवाताल अनुगमन गर्न जाँदा त ब्यापक मात्रामा फेवातालको सिमसार क्षेत्र पुर्ने काम भएको देखियो। फेवातालको सिमसार क्षेत्र जोगाउन त केही काम गरेको जस्तो देखिएन। ”

जिसस कास्की संयोजक पौडेलले “फेवातालको सिमसार क्षेत्र पुरिनुमा पोखरा महानगरपालिकाले जग्गा वर्गीकरण गर्दा फेवातालको सिमसार क्षेत्रमा रहेका जग्गा मध्येका केही क्षेत्र घोषित गरिनु नै प्रमुख देखिएको” बताए। उनले अघि थपे,”विश्व सम्पदा सूचीमा परिसकेको सिमसार क्षेत्रमा अबैध रुपमा भौतिक संरचना निर्माण गर्ने तथा सिमसार क्षेत्र पुर्ने लगायतका कुनै पनि गतिबिधि गर्न पाइदैन। तर पोखरा महानगरपालिकाले जग्गा वर्गीकरण गर्ने नाममा सिमसार क्षेत्रका केही जग्गालासी आवासीय क्षेत्र घोषित गरेको रहेछ। त्यही जग्गा पुर्ने कामले तीब्रता पाएको देखिएको छ। ”

फेवातालको सिमसार क्षेत्रमा रहेर पनि आवासीय क्षेत्र घोषणा गर्ने निर्णयलाइ पोखरा महानगरपालिकाले तत्काल सच्याउनु पर्ने कुरा बताउदै संयोजक पौडेलले फेवातालका सिमसार क्षेत्रका सबै जग्गालाई कृषि योग्य जमीन भनेर वर्गीकृत गरिनुपर्नेमा उनको जोड थियो।

आइतबार दिउसो पांच वटा सरकारी गाडीमा लाइन लागेर एक हुल मानिसहरु अनुगमनमा जाँदा पोखरा महानगरपालिकाले आवासीय क्षेत्र भनेर वर्गीकृत गरेको जग्गामा प्लटिङ्गको काम गरिरहेका मजदुरहरु भागाभाग गरेका थिए। उक्त उच्चस्तरीय अनुगमन टोलीमा कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका साथमा जिल्ला समन्वय समिति कास्कीका संयोजक लिलाधर पौडेल, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, जिल्ला प्राह्री प्रमुख, उच्च्स्तारीय फेवाताल सिमाङ्कन समबन्धि आयोगका तात्कालिन संयोजकहरु क्रमश: विश्वप्रकाश लामिछाने र पुण्यप्रसाद पौडेल, कास्कीस्थित अनुगमंसंग सम्बन्धित सरकारी कार्यालयका अधिकारीहरु, नागरिक अगुवा रामबहादुर पौडेल र केही पकेट पत्रकारहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया