“बिबादित” नागरिकता विधेयकलाई प्रमाणीकरण गर्न राष्ट्रपति पौडेलसमक्ष सरकारको सिफारिश

“बिबादित” नागरिकता विधेयकलाई प्रमाणीकरण गर्न राष्ट्रपति पौडेलसमक्ष सरकारको सिफारिश


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १२ जेष्ठ २०८०
  • 1K
    Shares

प्रचण्ड नेतृत्वको दोश्रो मन्त्री परिषद बैठक

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भारमंको मुखमा सरकारले बिबादित ठानिएको नागरिकता विधेयकलाई प्रमाणीकरण गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिश गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी राखेको बिबादित ठानिएको नागरिकता विधेयकलाई प्रमाणीकरण गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिश गरेको हो ।

यसअघि सत्ता गठबन्धनमा नागरिकता विधेयक अघि बढाउन राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको थियो । त्यसलगत्तै शीतलनिवासले कानुनविद्हरुसँग आवश्यक परामर्श समेत गरिसकेको अवस्था थियो । शुक्रबार सोहीअनुसार मन्त्रिपरिषद्ले दुबै संसदले दुई पटक पारित गरिसकेको विधेयक प्रमाणीकरणका लागि शीतल निवास पठाउने निर्णय गरेको हो । यद्यपि यो विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न मिल्ने कि नमिल्ने भन्नेमा विवाद भने कायमै छ ।

यसैविच प्राप्त अर्को एक जानकारी अनुसार, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको एजेन्डाबारे शुक्रबारको मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ । बैठकमा भ्रमणका क्रममा के–कस्ता एजेण्डालाई उठाउने भन्नेबारे छलफल भएको एक मन्त्रीले जानकारी दिए ।

ती मन्त्रीका अनुसार खासगरी भौतिक पूर्वाधार मन्त्रालय मातहतको बथनाहा–विराटनगर–कटहरी रेलमार्ग निर्माणको कार्यलाई उच्च प्राथमिकतामा राख्न भारत सरकारसँग आग्रह गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । भारत सरकारको सहयोगमा सन् २०११ देखि सो रेल वे ट्रयाक खोल्ने काम शुरु भएको थियो ।

बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालले उठाउने यसबाहेक अन्य केही महत्त्वपूर्ण एजेन्डाबारे पनि छलफल भएको ती मन्त्रीको भनाइ छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले जेठ १७ गतदेखि २० गतेसम्म भारतको भ्रमण गर्ने तयारी गरेका छन् । भ्रमणको तयारीस्वरुप बिहीबार भारतका लागि नेपाली राजदूत डा शंकर शर्माले भारतीय विदेशमन्त्री एस जयशंकरसँग समेत भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया