जिपको ठक्करबाट शिक्षिकाको मृत्यु भएपछि दाङको हापुरे तुलसीपुर सडकखण्ड तनावग्रस्त

जिपको ठक्करबाट शिक्षिकाको मृत्यु भएपछि दाङको हापुरे तुलसीपुर सडकखण्ड तनावग्रस्त


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १२ जेष्ठ २०८०
  • 1.8K
    Shares

दाङमा हिजो जिपको ठक्करबाट एक शिक्षिकाको मृत्यु भएपछि पिडीत पक्षले आज बिहानै देखी हापुरे तुलसीपुर सडकखण्ड अवरुद्ध गरेका छन । मृतकका आफन्तीहरुले उचित क्षतिपूर्तिको माग गर्दै तुलसीपुरको पुलचोकमा सडक अवरुद्ध गरेका हुन । सडक अवरोधकाकारण उक्त सडकखण्डमा स्कुलबसदेखि सम्पुर्ण सवारीसाधन आवागमन ठप्प छ ।

हिजो बिहिबार अध्यापनका लागि शान्तिनगर गाउँपालिका–७ मा रहेको माध्यामिक विद्यालय तुलसीपुरमा जाँदै गरेकी शिक्षिका सवार रा७प ४२३७ नम्बरको स्कुटीलाई दंगीशरण–५ कुमालगडीमा रा१ज ९२३ नम्बरको जिपले बिहान पौने १० बजे ठक्कर दिएको थियो । जिपको ठक्करबाट गम्भिर घाइते भएकी तुलसीपुर उपमहानगरापलिका– ९ बेलुवा निवासी ३७ वर्षकी सिता लम्सालको थप उपचारका लागी नेपालगञ्ज लैजादै गर्दा बाटोमै ज्यान गएको थियो ।

प्रतिक्रिया