बलिउड फिल्म ‘द केरल स्टोरी’ले दुईसय करोड क्लबमा जमायो दोस्रो स्थान

बलिउड फिल्म ‘द केरल स्टोरी’ले दुईसय करोड क्लबमा जमायो दोस्रो स्थान


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १० जेष्ठ २०८०
  • 2.9K
    Shares

बलिउड फिल्म 'द केरल स्टोरी'ले दुईसय करोड क्लबमा जमायो दोस्रो स्थान

बलिउड फिल्म ‘द केरल स्टोरी’ २०३ करोड ४४ लाख भारू कमाएर दुई सय करोड क्लबमा समावेश भएको छ।

हिन्दी फिल्म बजार विश्लेषक तरण आर्दशका अनुसार फिल्मले सोमबार ४ करोड ५० लाख भारू कमाउँदै फिल्म २ सय करोड क्लबमा समावेश भएको हो।

यो फिल्म १५ देखि २० करोड लगानीमा बनेको हो। यो वर्ष भारतीय बक्स अफ फिल्ममा २ सय करोड कमाउने ‘द केरल स्टोरी’ दोस्रो फिल्म बनेको छ। शाहरूख खानको फिल्म ‘पठान’ ले ५ सय करोडमाथि कमाउँदै पहिलो नम्बरमा छ।

‘द केरल स्टोरी’ मा हिन्दु युवतीलाई मुस्लिम धर्मान्तरण गरेर इस्लामिक स्टेट अफ इराक र सिरिया (आईएसआईएस) जस्ता आतंकवादी संगठनमा कसरी भर्ना गरिएको छ भन्ने कथा देखाएको छ।

सुदीप्तो सेनले निर्देशन गरेको फिल्ममा अदा शर्मा, योगीता बिहानी, सोनिया बलानी, सिद्धी अडलानी, विजय कृष्ण, प्रणय पचौरी, प्रनव मिश्रालगायत कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया