‘हामीलाई भित्र पस्नु थिएन तर मन्दिरमा ताला लागेपछि प्रसाद चढाउन नि पाइएन’ बडिमालिकामा दलितको बिहे

‘हामीलाई भित्र पस्नु थिएन तर मन्दिरमा ताला लागेपछि प्रसाद चढाउन नि पाइएन’ बडिमालिकामा दलितको बिहे


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ९ जेष्ठ २०८०
  • 2.9K
    Shares

'हामीलाई भित्र पस्नु थिएन तर मन्दिरमा ताला लागेपछि प्रसाद चढाउन नि पाइएन' बडिमालिकामा दलितको बिहे

सोमबार बडिमालिका नगरपालिका-९ का प्रकाश विक र कञ्चनपुरकी पार्वती सुनारले बडिमालिका मन्दिरमा बिहे गर्न लागेका थिए। तर मन्दिरका मुख्य पुजारी (ब्रामण) देवराज पाध्याय भने मन्दिरमा ताला लगाएर फरार भएका छन्।

दलित पत्रकार महासंघ बाजुराका अध्यक्ष मदन विकका अनुसार आइतबार पुजारीलाई सोमबार बिहे गर्ने खबर गरेको र ‘पुजारी आउलान भनेर बिहानदेखि साढे १० बजेसम्म मन्दिर बाहिर कुरेर बसेका थियो। फोन गर्दा सम्पर्क हुन सकेन भन्न थाल्यो। पछि मन्दिर बाहिर नै टिका लगाएर सामान्य हिसाबले बिहे गरेर घर फर्कियौं,’

प्रेममा परेपछि २ महिना अगाडि भागेर आएका जोडीले सोमबार हिन्दू परम्परा अनुसार विधिवत् तरिकाले बिहे गर्ने उद्देश्यले पुजारीलाई जानकारी गराएको प्रकाशले बताए।

‘हामीलाई मन्दिर भित्रै पस्नु थिएन। पुजारीले बडिमालिका देवीलाई चढाउने पूजाको सामान मन्दिरमा चढाइदिए भइहाल्थ्यो। पुजारी नआएपछि मन्दिरको झ्यालबाट बडिमालिका देविलाई प्रसाद चढायौं’, उनले भने।

पुजारीको मोबाइलमा सम्पर्क हुन सकेको छैन। पुजारीका छिमेकीका अनुसार बिहान काम छ भनेर निस्किएका थिए। बडिमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्काले घटनाबारे सामाजिक सञ्जालबाट थाहा भएको बताए।

प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले त्यहाँका वडा अध्यक्ष सूर्यकिरण विकलाई घटनाबारे जानकारी गराएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र कठायतले दुलाहाका दाइ नाता पर्ने गोरख विकले निवेदन दिएका र यसबारे भोलिबाट अनुसन्धान गरिने बताए।

प्रतिक्रिया