दुबै गोडा गुमाएका गोर्खा सैनिकले कृतिम खुट्टाको सहारामा सगरमाथाको शिखर चुमेर फर्केपछि एयरपोर्टमा

दुबै गोडा गुमाएका गोर्खा सैनिकले कृतिम खुट्टाको सहारामा सगरमाथाको शिखर चुमेर फर्केपछि एयरपोर्टमा


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ९ जेष्ठ २०८०
  • 4K
    Shares

दुबै गोडा गुमाएका गोर्खा सैनिकले कृतिम खुट्टाको सहारामा सगरमाथाको शिखर चुमेर फर्केपछि ,,,

कृत्रिम खुट्टाको सहयोगमा सगरमाथाको चुचुरो चुमेर विश्व कीर्तिमानसमेत बनाएका रोल्पाका हरिबहादुर बुढामगरलाई काठमाडौं विमानस्थलमा भव्य स्वागत गरिएको छ।

भूतपूर्व गोर्खा सैनिक बुढामगरले गएको शुक्रबार दिउँसो सगरमाथा सफल आरोहण गरेर बिहान १०:३० मा काठमाडौं अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए। नको स्वागतमा संस्कृति तथा पर्यटनमन्त्री सुदन किराती पनि पुगेका थिए।

घुँडामाथिसम्म खुट्टा गुमाएका पहिलो आरोही बन्दै उनले विश्व कीर्तिमानसमेत बनाएका छन्। मगरले कृत्रिम खुट्टाको सहयोगमा सगरमाथा आरोहण गरेका हुन्। दुबै खुट्टा नभएका हालसम्म दुई जनाले सगरमाथा चढिसकेका छन्।

सन् १९९९ मा ब्रिटिश गोर्खा सेनामा भर्ती भएका मगर ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा तालिबानको एम्बुसमा परेर आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाएका थिए। उनले दुबै खुट्टा गुमाएपछि दुई वर्ष उपचारमा र चार वर्ष पुनर्स्थापना केन्द्रमा बिताएका थिए। रोल्पाको मिरूल गाउँमा १९७९ मा जन्मेका हरिले संसारको शिखरमा चढ्न आफूले सक्दा अपाङ्गता भएका जो कोहीले आफ्नो सपना पूरा गर्न सक्ने आरोही मगरले बताए।

प्रतिक्रिया