स्विटजरल्याण्ड पठाइदिन्छु भनी ठगी गरेको आरोपमा गोंगबुबाट एकजना पक्राउ

स्विटजरल्याण्ड पठाइदिन्छु भनी ठगी गरेको आरोपमा गोंगबुबाट एकजना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ८ जेष्ठ २०८०
  • 2.9K
    Shares

स्विटजरल्याण्ड पठाइदिन्छु भनी ठगी गरेको आरोपमा गोंगबुबाट एकजना पक्राउ

स्विटजरल्याण्ड पठाइदिन्छु भनी रकम ७ लाख रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई गोंगबुबाट पक्राउ गरेको छ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-४ स्थायी घर भई हाल बाँके कोहलपुर नगरपालिका-११ दशबिघा बस्‍दै आएकी ४६ वर्षीया पार्वती थापा पक्राउ परेकी हुन् ।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।

उनले तुलाराम तारम मगरलाई वैदेशिक रोजगारीका लागि स्वीटजरल्याण्ड पठाइदिन्छु भन्‍दै पटक-पटक गरी ७ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीलाई उनलाई गोंगबुबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया