श्रीमान भेट्न प्रहरी परिसर टेकु पुगिन सोही प्रकरणमा नाम मुछिएकी मन्जु खाँड

श्रीमान भेट्न प्रहरी परिसर टेकु पुगिन सोही प्रकरणमा नाम मुछिएकी मन्जु खाँड


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ८ जेष्ठ २०८०
  • 2.4K
    Shares

मन्जु खाँड

नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका नेपाली कांग्रेसका नेता पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई भेट्न उनकी पत्नी मञ्जु खाँण आज काठमाडौं प्रहरी परिसर टेकु पुगेकी छन् ।

गत वैशाख २७ गते पक्राउ परे पनि खाँणलाई भेटन उनकी पत्नी मञ्जु गएकी थिइनन् । प्रहरीले आज अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउने दिन मञ्जु पतिलाई भेट्न गएकी हुन् ।
प्रहरी परिसर काठमाडौंका एक जना प्रहरी अधिकृतले बालकृष्णलाई भेटेर मञ्जु फर्किएको पुष्टि गरे ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले मञ्जुलाई पनि मुछेका थिए । त्यसयता उनी सम्पर्कविहीन भएकी थिइन् । तर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने दिन उनी संसदमा देखिएकी थिइन् ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले २ जेठमा आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुले मञ्जु सम्पर्कमा नरहेको र पतिलाई पनि भेट्न नगएको कारणबारे सोधेका थिए । त्यसको जवाफमा महतले मञ्जु खाँणलाई पार्टीले फलो नगरेको बताएका थिए ।

प्रतिक्रिया