सहकारीको करोडौं रुपियाँ जग्गा लगानीमा डुबेपछि ढोरपाटनका मेयर नेपाली सम्पर्कबिहीन

सहकारीको करोडौं रुपियाँ जग्गा लगानीमा डुबेपछि ढोरपाटनका मेयर नेपाली सम्पर्कबिहीन


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ८ जेष्ठ २०८०
  • 2.5K
    Shares

बागलुङको इमेज सहकारी र ढोरपाटन नपाका मेयर देब बहादुर नेपाली

बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली चारदिनदेखि सम्पर्कविहीन भएका छन् । आफू संरक्षक रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको भन्दै शेयर सदस्यहरुले प्रशासनमा उजुरी दिए पछि मेयर नेपाली बेपत्ता भएका हुन्।

बागलुङ सदरमुकाममा रहेको इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक साताका लागि कारोबार बन्द गरिएको सुचना प्रकाशन सार्वजनिक गरेसंगे यतिबेला बचतकर्ताले घेराबन्दी गरेका छन्। सहकारीले देशभर देखिएको आर्थिक संकटका कारण सहकारीमा तरलता अभाव भएको भन्दै कारोबार रोक्का गरेको जनाएको छ। अर्को सूचना नभएसम्मका लागि वैशाख ७ गते बिहानदेखि सहकारीले बागलुङ बजारमा रहेको कार्यालय बन्द गरे

आफूले गरेको बचत रकम फिर्ता लिन जाँदा सहकारीले कारोबार बन्द गरेको सूचना देखेपछि पिडितहरुले कारबाहीका जिल्ला प्रशासन कार्यालय बागलुङमा उजुरी दिएका छन्। ‘जिल्ला प्रशासन कार्यालयमा इमेज सहकारीका सेयर सदस्यहरुले मेयर भागेको भन्दै निवेदन लिएर आएपछि हामीले सम्पर्क गर्न खोज्यौं । तर, उहाँ सम्पर्कविहीन हुनुहुन्छ’ बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले भनिन् । त्यस्तै नेपाली आफैंले पनि ईलाका प्रशासन कार्यालय बुर्तिबाङमा पनि ‘आफू उपचारका लागि बाहिर जानुपर्ने भएकाले धनजनको सुरक्षा गरिपाउँ’ भन्ने निवेदन दिएको सिडिओ श्रेष्ठले बताइन्।

सर्वसाधारणको अर्बाैं रकम संकलन गरेर निजी घरजग्गामा लगानी गरेर रकम हिनामिना गरेका इमेज सहकारीका संस्थापक देवकुमार नेपालीले इमेज सहकारीमा आठ सय बढी सेयर सदस्यको झन्डै १ अर्ब बढी बचत थियो। त्यो रकम दुरुपयोग गर्दै मेयर नेपालीले बागलुङ, पोखरा र काठमाडौंमा व्यक्तिगत घरजग्गा खरिद गरेका थिए।

ती घरजग्गाबाट पनि मेयर नेपालीले प्रभु बैंक, ग्लोबल बैंक, नेपाल इभेस्टमेन्ट मेगा बैंक र गरिमा बैंकबाट झन्डै ५० करोड रुपैयाँबराबर कर्जा लिएका छन्। इमेज सहकारीका नाममा पनि ३५ करोडको कर्जा लिएको कर्जा सूचना केन्द्रको तथ्यांकमा देखिन्छ।

मेयर नेपालीका छोरा सन्तोष नेपालीले डेढ करोड रकम तिर्न नसकेपछि थापा मोटर्स प्रालि पोखराले केही महिनाअघि ‘चेक बाउन्स’ मा निवेदन दिएको थियो। निवेदनपछि बैंकले सन्तोष नेपालीलाई कालोसूचीमा राखेको छ भने उनी पनि फरार छन्। चेक बाउन्सलाई पछिल्लोपटक बैकिङ कसुरका रूपमा लिने गरिन्छ।

इमेज सहकारी गत महिना समस्याग्रस्त भएपछि संस्थापक अध्यक्ष देवकुमार नेपालीले व्यक्तिगत सम्पत्ति बेचेर भए पनि बचतकर्ताको रकम फिर्ता गर्ने भन्दै पत्रकार सम्मेलन गरेका थिए।

तर, उनका सबै सम्पत्ति बैंकमा धितोका रूपमा छन्। रकम फिर्ता माग्न जानेलाई उनले मूल्यांकनभन्दा बढी रकम भनेर घर तथा जग्गा लिन अनुरोध गर्दै आइरहेका थिए।

प्रतिक्रिया