होस्टलमा अध्ययनरत १६ वर्षीया किशोरी वलात्कार गरेको आरोपमा दाङका शिक्षक पक्राउ

होस्टलमा अध्ययनरत १६ वर्षीया किशोरी वलात्कार गरेको आरोपमा दाङका शिक्षक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ७ जेष्ठ २०८०
  • 1.2K
    Shares

शिक्षक खुमानन्द पौडेल

होस्टलमा बसेर अध्ययन गरिरहेकी १६ वर्षीया किशोरी वलात्कार गरेको आरोपमा दाङका एक शिक्षक पक्राउ परेका छन्। दाङको शान्तिनगर गाउँपालिका–७ स्थित शिवशक्ति माविको धनौरीमा होस्टेलमा बस्ने १६ वर्षकी छात्रालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीय बासिन्दा समेत रहेका ३५ वर्षका शिक्षक खुमानन्द पौडेललाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार, अभियुक्त पौडेलले शान्तिनगर गाउँपालिका ७ स्थित शिवशक्ती मावि धरौरीमा होस्टेल बसेर पढ्दै गरेकी १६ वर्षीय एक किशोरी गत चैत २० गते राती ८ बजेको समयमा ललाई फकाई बिद्यालयको प्राङ्गणमा बोलाएर बलात्कार गरेर फरार भएका थिए । त्यसको भोलिपल्ट उनीविरुद्ध प्रहरीमा जाहेरी परेको थियो । जाहेरी परे लगतै भागेर भारत पुगेका आरोपी पौडेललाई काउन्टर पार्टसको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए ।

प्रतिक्रिया