नक्कली भुटानी प्रकरणमा ठगीमाथि ठगी : पूर्व सांसद आङ्टाबाबाट ठगिए पूर्व गृहमन्त्री बालकृष्ण खाँड

नक्कली भुटानी प्रकरणमा ठगीमाथि ठगी : पूर्व सांसद आङ्टाबाबाट ठगिए पूर्व गृहमन्त्री बालकृष्ण खाँड


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ७ जेष्ठ २०८०
  • 1.3K
    Shares

पूर्व गृहमन्त्री बालकृष्ण खाँण , पूर्व सांसद आङटावा शेर्पा

नक्कली शरणार्थी प्रकरणमा ठगीको रकम फिर्ता गर्न भन्दै पूर्वगृहमन्त्री बालकृष्ण खाँणले कांग्रेस नेता तथा पूर्व सांसद आङटावा शेर्पालाई एक करोड दिएको पाइएको छ । तर, खाँणबाट लिएको एक करोड रुपियाँमा शेर्पाले बिचौलिया सानु भण्डारीका दाई राजु भण्डारीलाई ३० लाख दिएर ७० लाख आफैले राखेको अनुसन्धानबाट खुलेको छ ।

खाँणले ठगीबाट प्राप्त गरेको रकप फिर्ता गर्न खोज्दा शेर्पाबाट खाँण उल्टो ठगीमा परेको तथ्य खुलेपछि ठगीमाथिको ठगी भन्दै व्यङ्ग नै कस्न थालिएको छ । शेर्पाले चैतको तेस्रो साता बिचौलिया सानु भण्डारीका दाइ राजुलाई ३० लाख फिर्ता गरेका थिए । त्यसको व्यक्तिगत भर्पाई नै प्रहरीले बरामद गरेको छ । शेर्पाले खाणका पिए नरेन्द्र केसीमार्फत एक करोड लिएका बताइन्छ । तर, सरकारी वकिलको कार्यालयमा भने इन्कारी बयान दिएको दाबी छ । अहिले यो प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ । खाँण, शेर्पा र केसी प्रहरी हिरासतमै रहेका छन् ।

प्रतिक्रिया