जनकपुरमा काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजमा मुसा देखिएपछि उडान स्थगित

जनकपुरमा काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजमा मुसा देखिएपछि उडान स्थगित


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ६ जेष्ठ २०८०
  • 3.5K
    Shares

जनकपुरमा काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजमा मुसा देखिएपछि उडान स्थगित

शनिबार जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजमा यात्रुले मुसो देखेपछि उडान स्थगित भएको छ ।

शनिबार बिहान ८ : ३५ बजेको बुद्ध एयरको उडान नम्बर-५०२, ९एन-एजेएल विमानको उडान स्थगित भएको हो ।
जहाजमा मुसो खोज्ने काम भइरहेको बुद्ध एयरका एक कर्मचारीले बताए ।

‘दुई जना यात्रुले मुसो देखेपछि कर्मचारीलाई रिपोर्ट गरे । हवाई सुरक्षाको दृष्टिकोणले यात्रु ओरालेर मुसो खोज्ने काम भइरहेको छ,’ ती कर्मचारीले भने, ‘मुसो त फेला परेको छैन’।
वुद्ध एयरले एक सूचना जारी गर्दै जनकपुरमा यात्रु लिन अर्को जहाज पठाइएको बताएको छ । ‘आज विहान जनकपुरबाट काठमाडौं उडान संख्या ५०२ र जहाज ९एन–एजेएल मा यात्रुले मुसा देखेको रिपोर्टिङपछि तत्कालै यात्रुलाई लिनका लागि अर्कोजहाज काठमाडौंबाट पठाइएको छ । वुद्ध एयरका अनुसार जहाजलाई टेक्निकल टिमले जाँच गरिरहेका छन्’।

प्रतिक्रिया