दैलेखमा भरुवा बन्दुक पड्किएर गाेली लाग्दा मृत्यु

दैलेखमा भरुवा बन्दुक पड्किएर गाेली लाग्दा मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ५ जेष्ठ २०८०
  • 1K
    Shares

दैलेखमा भरुवा बन्दुक पड्किएर गाेली लाग्दा एक जनाकाे ज्यान गएकाे छ । गाेली लागेर नौमुले गाउँपालिका–५ गुराँसे गाउँका ५५ वर्षका कर्णबहादुर बुच्चा मगरकाे हिजाे बेलुका ज्यान गएकाे हाे ।

आफैँले चलाउँदै गरेकाे भरुवा बन्दुक पड्किँदा उनकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक डीएसपी किशोर लम्सालले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ

प्रतिक्रिया