श्रीमतीको हत्या गरी सेप्टी ट्यांकीमा फ्याँकी फरार रहेका विक दुई महिनापछि पक्राउ

श्रीमतीको हत्या गरी सेप्टी ट्यांकीमा फ्याँकी फरार रहेका विक दुई महिनापछि पक्राउ

  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ४ जेष्ठ २०८०
  • 2.5K
    Shares

श्रीमतीको हत्या गरी सेप्टी ट्यांकीमा फ्याँकी फरार रहेका विक दुई महिनापछि पक्राउ

श्रीमतीको हत्या गरी फरार रहेका रोल्पा सुनछहरी गाउँपालिका -६ फगामका ३९ वर्षीय गर्भे विक पक्राउ परेका छन् ।

विकले गत फागुन २० गते श्रीमती २६ वर्षीया केशु विकको हत्या गरी फरार थिए।

श्रीमतीको हत्या गरी शव कपिलवस्तु शिवराज नगरपालिका वडा ५ चन्द्रौटास्थित प्रयोगमा नआएको बस गाडीको रिफ्रेस सेन्टर भवनको सेप्टी ट्यांकीमा फ्याँकी फरार रहेका विक दुई महिनापछि पक्राउ परेका हुन्।

विकलाई काठमाडौंको सतुंगलबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।

विकलाई थप आवश्यक कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलवस्तु पठाइएको छ।

प्रतिक्रिया