आज एकाबिहानै भालुको आक्रमणबाट तनहुँमा एकजना घाइते

आज एकाबिहानै भालुको आक्रमणबाट तनहुँमा एकजना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ४ जेष्ठ २०८०
  • 1.4K
    Shares

तनहुँमा एकाबिहानै भालुको आक्रमणबाट एकजना घाइते भएका छन् । भालुको आक्रमणबाट व्यास नगरपालिका वडा नम्बर ८ मलपौरेका ३५ वर्षीय गोरे विक घाइते भएका हुन्।

आज बिहान पाँच बजे घर नजिकैको मकै बारीमा मकै खान आएको भालु धपाउन जाँदा भालुले विकमाथि आक्रमण गरेको हो । भालुले चिथोर्दा उनको दाहिने आँखाको माथिल्लो भागमा घाउ भएको छ ।

घाइते विकको स्थानीयवासीले तत्काल उद्धार गरी रिस्तीस्थित स्वास्थ्य चौकी लगिएको थियो । विकलाई थप उपचारका लागि दमौली अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया