इटहरी यातायात कार्यालयमा बिचाैलियाकाे भागाभाग : बिमा कम्पनीका एक कर्मचारी सहित २२ जना बिचाैलिया पक्राउ

इटहरी यातायात कार्यालयमा बिचाैलियाकाे भागाभाग : बिमा कम्पनीका एक कर्मचारी सहित २२ जना बिचाैलिया पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ४ जेष्ठ २०८०
  • 1.5K
    Shares

बुधबार दिनकाे ३ बजेकाे थियाे सुनसरीकाे इटहरी उपमहानगरपालिका १ हलगढास्थित काेशी अञ्चल यातायात व्यवस्था कार्यालय (सवारी दर्ता) मा सेवाग्राहिहरूकाे पनि भिड उत्तिकै थियाे । केहि सेवाग्राहिहरू कार्यालयकाे काम कार्वाहिबाट असन्तुस्ट जनाउदै एक्लै भुतभुताउदै बाहिरिदै गरेका देखिन्थे भने केहि छेउ छाउका व्यक्तिहरूलाइ फाइल दिएर काम सक्ने तरखरमा देखिन्थे ।

त्यतिकैमा एक प्रहरीकाे गाडी कार्यालय प्रवेश गरेपछि त्यहाकाे माहाेल नै अर्कै बन्याे । प्रहरी पुगेपछि कार्यालयकाे आधा भिड त्यसै हरायाे अनुशन्धानपछि खुल्याे कार्यालयमा सेवाग्राहि भन्दा बिचाैलीयाकाे भिड बढि लाग्ने रहिछ । करीब १५ मिनेटकाे केरकार पछि प्रहरी एक्कासी एकसनमा उत्रियो र २२ जना बिचाैलियाहरुलाई पक्राउ गर्यो ।

सवारी दर्ता गर्नका लागि काेशी अञ्चलका बिभिन्न जिल्लाबाट अाएका सेवाग्राहिहरूबाट अवैध रूपमा रकम असुली गर्ने गिराेहबारे प्रहरीकहा यस अघि नै शुचना पुगिसकेकाे थियाे । इटहरी प्रहरीले यस अघि पनि साे कार्यालय परिषरमा पुगेर केहि लेखापढि व्यवसायीहरूलाइ गलत काम नगर्न चेतावनी दिइसकेकाे थियाे ।

तर कुरा प्रहरी कार्यालय मात्र नभइ जिल्ला प्रसाशन हुदै काेशी प्रदेश प्रहरी कार्यालय सम्म पुगेपछि बुधबार प्रहरीले एक्शन लिन पुगेकाे हाे । प्रहरी पुग्दा बिचाैलीयाहरूकाे भागदाैड मचिएकाे थियाे भने कार्यालय परिसरमा पनि खैलाबैला मच्चिएको थियाे ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी माधव प्रसाद काफ्लेले कार्यालय बाहिर बिचाैलीयाकाे रवाफ बढेकाे , सरकारी सहि छाप समेत किर्ते बनाउने गरेकाे जनगुनासाे बढेपछि एक्सनमा उत्रिनु परेकाे बताए । उनले एक जना कर्मचारी सहित १६ जना लेखापढि व्यवसायी र ५ जना साेरूम सञ्चालक तथा मज्दुर समेतलाइ पक्राउ गरिएकाे बताए । राखेप शुब्बा बताउने यातायातकै कर्मचारी निराजन कार्की सहित प्रहरीले २२ जना बिचाैलीयालाइ पक्राउ गरेकाे हाे ।

बाहिर बिभिन्न बिमा कम्पनीकाे बाेर्ड राखेर भित्र दलालीकाे काम गरेकाे प्रहरी अनुशन्धानले देखाएकाे पनि डिएसपी काफ्लेले बताए । प्रहरीले पक्राउ गरेका १६ जना लेखापढि व्यवसायीहरूबाट सबै कागजपत्र नियन्त्रणमा लिएकाे छ । घटनाबारे अहिले अनुशन्धान भइरहेकाे प्रहरी भनाइ छ ।

प्रतिक्रिया