ट्याक्टरबाट खसेर पाँचथरमा विद्यालय जाँदै गरेका दुई दिदी–बहिनीको मृत्यु

ट्याक्टरबाट खसेर पाँचथरमा विद्यालय जाँदै गरेका दुई दिदी–बहिनीको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३ जेष्ठ २०८०
  • 1.1K
    Shares

बिद्यालय जाँदै गरेका इलाममा एकाघरका दुई दिदीबहिनीको ट्याक्टरबाट खसेर मृत्यु भएको छ। आज (बुधबार) बिहान मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको साम्मेवामा मे १ त २९६१ नम्बरको ट्याक्टरबाट खसेर दिदीबहिनीको मृत्यु भएको हो ।

ट्याक्टरबाट खस्दा स्थानीय कमल सुवेदीका छोरीहरू १२ वर्षीया पुजना र १० वर्षीया गंगाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उनीहरू दुवै जना स्थानीय जयभवानी माविमा कक्षा ८ र ४ मा अध्ययनरत थिए । चालक सिटको छेउमा रहेका उनीहरू ट्याक्टरबाट खसेपछि चक्काले किचेर ज्यान गएको प्रहरीले जनाएको छ।

अन्य दुई जना विद्यार्थी पनि घाइते भएका छन् । घाइतेहरूको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुवँरले जानकारी दिए । उक्त घटना पश्चात चालकले ट्याक्टर छाडेर फरार भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार