सरकारले डिजल र मट्टीतेलको मूल्य १० रुपियाँ घटायो : घटाएन पेट्रोलको मूल्य

सरकारले डिजल र मट्टीतेलको मूल्य १० रुपियाँ घटायो : घटाएन पेट्रोलको मूल्य


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३ जेष्ठ २०८०
  • 1.2K
    Shares

भारतबाट मूल्य घटाएर पठाए पनि सरकारले मट्टीतेल र डिजलको मूल्य १० रुपियाँ घटाएको अवस्थामा पेट्रोलको मूल्य घटाएन। भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटाएर आएको कारण देखाउदै नेपाल आयल निगमले राति १२ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टितेलमा मात्रै प्रतिलिटर १० रुपैयाँले मूल्य घटाएको छ। निगमले डिजेल र मट्टितेलमा घटाएको नयाँ मूल्यअनुसार प्रतिलिटर १५५ रुपैयाँ पर्ने भएको छ ।

नेपाल आयल निगमले भारतबाट घटेर आएकै अनुपातमा नेपालमा पनि इन्धनको मूल्य घटाउने अनुमान गरिएको थियो । तर आयल निगमको सञ्चालक समितिको बैठकले आजै राति १२ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टितेलमा मात्रै प्रतिलिटर १० रुपैयाँले मूल्य घटाउने निर्णय गर्यो ।

आज भारतबाट पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ ५१ र डिजेलमा ८ रुपैयाँ ८ पैसाले मूल्य घटेर आएको भए पनि नेपाल आयाल निगमले भने डिजेल र मट्टितेलमा मूल्य घटायो तर पेट्रोलमा घटाएन ।

इन्डियन आयल कर्पोरेसनले हरेक १५ दिनमा निगमलाई पठाउने नयाँ मूल्यसूचीअनुसार डिजल र पेट्रोलको मूल्य समायोजन भएर आउने गर्छ । यसअघि भारतबाट मूल्य घटेर आउँदा निगमलाई १५ दिनमा एक अर्ब ६० करोड रुपैयाँ नाफा भएको थियो ।

प्रतिक्रिया