सर्बोच्च अदालतले टिकापुर घटनाका मुख्य आरोपी ठानिएका नागरिक उन्मुमिक्त पार्टीका संस्थापक रेशम चौधरीलाई रिहा गर्न अस्वीकार गरेको छ। आज भएको बहसमा सर्बोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसलालाई सदर गर्दै चौधरीलाई रिहा गर्न अस्वीकार गर्दिएको हो।
सर्वोच्चका न्यायाधीशद्व डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले टिकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसला नै सदर गरेको हो ।
२०७२ भदौमा कैलालीको टिकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात जना सुरक्षाकर्मी र एक जना नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनाका आरोपित रेशम चौधरी जन्मकैदको सजाय काटिरहेका छन् । उनलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएको थियो । उच्च अदालतको फैसलाविरुद्ध चौधरीले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए ।