हङकङमा लिफ्टको ठक्करबाट मृत्यु भएका नेपालीको परिचय खुल्न सकेको छैन

हङकङमा लिफ्टको ठक्करबाट मृत्यु भएका नेपालीको परिचय खुल्न सकेको छैन


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २ जेष्ठ २०८०
  • 1.7K
    Shares

हङकङमा लिफ्टको ठक्करबाट नेपालीको मृत्यु

हङकङमा आज करिब १० बजेतिर फोर्के लिफ्टको ठक्करबाट घाइते भएका एक नेपालीको मृत्यु भएको छ।
मृत्यु भएका करिब ४० वर्षीय नेपालीको परिचय खुलेको छैन।
फोर्के लिफ्टले किचेर गम्भीर घाइते बनाएपछि उपचारका लागि उनलाई क्वीन एलिजावेथ हस्पिटल भर्ना गरिएको थियो। गहिरो चोटको कारण अत्याधिक रक्तश्राव भई उनको तत्काल मृत्यु भएको निर्माण क्षेत्रमा कार्यरत सेफ्टी अफिसर मनोज गौतमले बताए।

उनी सिकेआर सुरुङ परियोजना अन्तर्गत फ्रान्सको कम्पनी वुगिजमा कार्यरत थिए। घटनाको विस्तृत अनुसन्धानका लागि हङकङ प्रहरी र श्रम विभागका कर्मचारीहरू घटनास्थलमा परिचालन भइसकेका छन्।

हङकङमा नेपालीहरूको ठूलो संख्या निर्माण क्षेत्रमा कार्यरत छन्। पछिल्लो समय व्यापार, व्यवसायमा नेपालीहरूले उल्लेखनीय उपस्थिति जनाएपनि सुरक्षा र निर्माणको क्षेत्रमा कार्यरत नेपालीहरूको संख्या कम हुन सकेको छैन।

प्रतिक्रिया