पासवर्ड ह्याक गरेर नबिल र माछापुच्छ्रे बैंकबाट पैसा झिक्ने देवराज सिग्देल पक्राउ

पासवर्ड ह्याक गरेर नबिल र माछापुच्छ्रे बैंकबाट पैसा झिक्ने देवराज सिग्देल पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २ जेष्ठ २०८०
  • 874
    Shares

मोरङमा पासवर्ड ह्याक गरेर बैंकबाट रकम झिक्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सुन्दरहरैचा नगरपालिका बिराट चोकस्थित दुईवटा बैंकबाट पासवर्ड ह्याक गरेर रकम निकाल्ने स्थानीय ३६ वर्षीय देवराज सिग्देल आज पक्राउ परेका हुन्।

सिग्देलले आरए भिजन एकाउण्ट सोलुसन प्रालिका एकाउण्टेण्ट रमेश आचार्यको नबिल बैंकमा रहेको खाताबाट विभिन्न समयमा २८ हजार तथा आचार्यका काका ओमनाथ आचार्यको माछापुच्छ्रे बैंकमा रहेको खाताबाट विभिन्न मितिमा ६६ हजार रुपैयाँ निकालेको उजुरी परेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ। रासस

प्रतिक्रिया