डडेल्धुराको उग्रतारा मन्दिरबाट चाँदीका माला र मुकुट चोरी

डडेल्धुराको उग्रतारा मन्दिरबाट चाँदीका माला र मुकुट चोरी


  • जन संचार
  • शनिबार, ३० बैशाख २०८०
  • 2.1K
    Shares

डडेल्धुराको उग्रतारा मन्दिर

डडेल्धुराको प्रमुख शक्तिपीठ उग्रतारा मन्दिरमा चोरी भएको छ। अमरगढी नगरपालिका–८ स्थित मन्दिरमा चोरी भएको हो। शनिबार बिहान १ः३० बजेको समयमा मन्दिरमा चोरी भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार चाँदीको माला, चाँदीको मुकुटलगायतका सामान चोरी भएको हो।

उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साकीले चाँदीका पूजाका सामान चोरी भएको जानकारी दिए। मन्दिरमा सिसी क्यामेरा पनि जडान गरिएको छ। सिसी क्यामेरा पूर्णरुपमा सञ्चालनमा भने नरहेको प्रहरीले जनाएको छ।

उग्रतारा भगवती मन्दिर प्यागोडा शैलीमा निर्मित छ। मन्दिरको उत्पत्तिका सम्बन्धमा प्रमाणिक आधारमा कुनै शिलालेख भने अहिलेसम्म भेटिएको छैन।

यो मन्दिर सदरमुकामबाट करिब पाँच किलोमिटर टाढा डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्गको पश्चिमपट्टिको अग्लो विशाल तथा रमणीय फाँटमा अवस्थित छ।

प्रतिक्रिया