पुस १० गते प्रचण्डसंग भएको सहमतिलाई ओलीको प्रतिवेदनमा ‘नयाँ कोर्स निर्माणको प्रयास’ का रूपमा व्याख्या (पूर्णपाठ)

पुस १० गते प्रचण्डसंग भएको सहमतिलाई ओलीको प्रतिवेदनमा ‘नयाँ कोर्स निर्माणको प्रयास’ का रूपमा व्याख्या (पूर्णपाठ)


  • जन संचार
  • शुक्रबार, २९ बैशाख २०८०
  • 3.8K
    Shares

नेकपा एमाले ध्यक्ष केपी शर्मा ओलीले बिहीबारदेखि शुरु पार्टीको केन्द्रीय कमिटीको पाँचौँ पूर्ण बैठकमा आफ्नो राजनीतिक प्रतिबेदन पेश गरेका छन्। उनले आफ्नो प्रतिबेदनमा “सरकार गठन हुँदा प्रचण्ड प्रधानमन्त्री हुने र एमालेले सभामुख र राष्ट्रपति लिने” २०७९ पुस १० गतेको सहमतिलाई राजनीतिक समीकरणलाई ‘नयाँ कोर्स निर्माणको प्रयास’ का रूपमा व्याख्या गरेका छन् ।

‘निर्वाचनपछिको तरल अवस्थाका बीचबाट मुलुकलाई राजनीतिक स्थिरता, अग्रगमन र समृद्धिको दिशामा लैजानसमेत पहल गर्दै पार्टीले २०७९ पुस १० गते नयाँ राजनीतिक सहकार्यको आधार निर्माण गर्‍यो,’ अध्यक्ष ओलीले प्रतिवेदनमा भनेका छन्, ‘नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित सात दलको त्यो सहकार्य सकारात्मक थियो र जनचाहना अनुरूपको थियो ।’

ओलीले सो गठबन्धनलाई भत्काएर फेरि पुरानै गठबन्धन स्थापित गर्ने, नेपाललाई अन्त्यहीन अस्थिरतातिर धकेल्न चाहने, भ्रष्टाचार, साधन स्रोतको दोहन र सत्तामा भागबण्डाको वाक्कलाग्दो खेल अझ तीव्र पार्न, लोकतन्त्रलाई कमजोर पार्ने एवं मुलुकलाई शक्ति राष्ट्रहरूको स्वार्थको क्रिडास्थल बनाउन प्रयासरत विभिन्न शक्तिकेन्द्रको चलखेल बढेर गएको पनि प्रतिवेदनमा उल्लेख गरेका छन् ।

‘पुस २६ गते नेपाली कांग्रेससमेतको विश्वासको मत प्राप्त गर्न गरेपछि प्रधानमन्त्रीले बोली फेर्न थाले,’ प्रतिवेदनमा ओलीले भनेका छन्, ‘कहिले राष्ट्रपतिका बारेमा भएको एमालेसँगको पूर्व सहमतिलाई भएकै छैन भनेर झुट बोल्ने र कहिले राष्ट्रिय सहमति भनेकै कांग्रेससँगको सहमति हो भन्ने अर्थ्याउन थाले ।’

आफूहरुले नयाँ राजनीतिक कोर्सलाई जोगाउन हदैसम्म लचिलो भएको जिकिर गर्दै ओलीले भनेका छन्, ‘तर आफै चरम अवसरवादबाट ग्रस्त र विभिन्न शक्तिकेन्द्रहरुको प्रभावमा परेको माओवादी केन्द्रलाई दक्षिणपन्थी अवसरवादी ओरालो यात्राबाट रोक्न सकिएन ।’

प्रतिक्रिया