बिरोधमा नारा लगाउनेलाई थुनाएर देउवापत्नीले नेपालमा पैसा कमी नभएको भन्दै भाषण ठोकिन्

बिरोधमा नारा लगाउनेलाई थुनाएर देउवापत्नीले नेपालमा पैसा कमी नभएको भन्दै भाषण ठोकिन्


  • जन संचार
  • शुक्रबार, २९ बैशाख २०८०
  • 3K
    Shares

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको ठानिएकी पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कालो झण्डा देखाउन खोज्ने युवक पक्राउ परेका छन् ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी राणालाई कालो झण्डा देखाउन खोज्ने हेटौँडाका कृष्णराज कोइरालालाई प्रहरीले पक्राउ गरेको हो ।

बागमती प्रदेश नीति तथा योजना आयोगले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन बिहीबार हेटौँडा आएकी आरजुलाई कालो झन्डा देखाउन खोजेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

यता आफूविरुद्ध नाराबाजी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेपछि भने कांग्रेस नेत्री राणाले बजेट बारे गफ ठोकेकी छिन्। उनले बिहीबार हेटौंडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देशमा पैसाको कमी नभएको तर त्यसलाई म्यानेजमेन्ट (व्यवस्थापन) गर्न नसकिएको बताइन् ।

बागमती प्रदेशको प्रदेश नीति तथा योजना आयोगले गरेको ‘महिला सशक्तिकरणका लागि प्रदेश र स्थानीय सरकारको भूमिका’ विषयक अन्तरक्रिया कार्याक्रमलाई सम्बोधन गर्दै नेतृ राणले भनिन, ‘मलाई लाग्दैन कि हाम्रो देशमा पैसाको कमी छ । हाम्रो देशमा म्यानेजमेन्टकै कमी हो । हरेक साल बजेटहरु खर्चै हुँदैन् । खर्च नभइ जान्छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार